Successfully Copied

सर्ट हेयरमा अभिनेतृ

चलचित्रमा अभिनय गर्ने महिला कलाकारहरू पनि फरक भूमिकामा देखिन थालेका छन् । कथाअनुसार आफूलाई बनाउन अभिनेतृहरू सक्रिय छन् । कतिपय कलाकारहरूले चलचित्रको क्यारेक्टका लागि कपाल काटेका छन् त कतिपयले आफ्नो इच्छामा कपाल छोटो बनाउन थालेका छन् ।


केही समयअघि अभिनेत्रृ केकी अधिकारीले इन्स्टाग्राममा ‘चेञ्ज इज ब्युटीफुल बाल्ड इज ब्युटिफुल’ क्याप्सन लेख्दै आफ्नो फरक लुक्स सार्वजनिक गरिन् । उनले आफूलाई कपाल खौरिएको लुक्समा देखाएकी थिइन् । ‘ह्वाई नट’ भनेर प्रश्न गर्दै उनले अर्को मुडुलो कपाल बनाएको भिडियो राखेकी थिइन् । महिलाको कपाल लामै हुनुपर्छ भन्ने उनको मानसिकताबाट माथि उठेर युवतीहरू मुडुलो कपालमा अझ बोल्ड हुने आशय व्यक्त गरिन् । उनको यो फरक लुक्स भने चलचित्र ‘बोक्सीको घर’ का लागि थियो । उनको यो लुक्स चलचित्रमा भूमिकाका लागि थियो तर छोटो कपालमा महिलाहरू अझ आकर्षण हुने सन्देश उनले दिएकी थिइन् । कालो, लामो र राम्रो कपाललाई महिलाको सौन्दर्यसँग जोड्ने गरिन्छ । तर सुन्दर हुनलाई कपाल पाल्नैपर्छ भन्ने मान्यता भने पछिल्लो समय हट्दै गएको देखिन्छ । 


धेरै बलिउडका अभिनेतृहरूले छोटो कपाललाई फेसनका रूपमा अगाडि बढाएका छन् । यही ट्रेन्ड नेपाली चलचित्र क्षेत्रमा पनि देखिँदै गएको छ । चलचित्रमा अभिनय गर्ने महिला कलाकारहरू पनि फरक भूमिकामा देखिन थालेका छन् । कथाअनुसार आफूलाई बनाउन अभिनेतृहरू सक्रिय छन् । कतिपय कलाकारहरूले चलचित्रको क्यारेक्टका लागि कपाल काटेका छन् त कतिपयले आफ्नो इच्छामा कपाल छोटो बनाउन थालेका छन् । कपालले पनि महिलाहरूको सौन्दर्यमा फरकपन आउने गरेको छ । चलचित्र आमाका लागि सुरक्षा पन्तले कपाल काटिन् । उनले कपाल छोटो मात्र होइन पूरै मुडुलो नै पारिन् । चलचित्रमा फरक पात्रका रूपमा उनले आफूलाई फरक रूपमा प्रस्तुत गरेकी छन् । उनको यस चलचित्रमा कपालको चर्चासँगै राम्रो अभिनयको चर्चा भयो । उनले जिम्मेवारीको हिसाबले छोरा बराबर छोरी हुन सक्छन् भन्ने सन्देश चलचित्रमार्फत दिएकी थिइन् । 

 

कपाल मुण्डन बनाउने अर्की अभिनेतृ हुन्–नम्रता श्रेष्ठ । उनले पनि चलचित्र ‘जाइरा’ का लागि कपाल मुण्डन गरिन् । अभिनेतृ नम्रता श्रेष्ठले कपाल मुण्डन गरेकी थिइन् । राम्रो चलचित्रका लागि उनले कपाल काटेकी थिइन् । यो चलचित्रबाट उनको फरक लुक्स भएकाले पनि धेरै दर्शकहरूले उनको यो फरक लुक्सलाई मन पराए । उनले आफूले चलचित्रमा पात्रअनुसार राम्रो गर्नका लागि कपाल काटेको बताएकी छन् ।

फेसनमा सचेत हुने भएकाले नायिकाहरूले कपालमा पनि उत्तिकै ध्यान दिन्छन् । छोटो कपालमा रमाउने पुरानी अभिनेतृ हुन्–गौरी मल्ल । गौरी मल्लले पनि जापानमा बस्दा नै कपाल मुन्डन गरेकी थिइन् । आफू युवावस्थामा हुँदा इन्डियन मोडल पर्सिस खम्बाबाट प्रभावित थिइन् । घरमा हुँदा परिवारले काट्न नदिएपछि कपाल खौरिन जापान पुग्नुप¥यो । सधै छोटो कपालमा देखिने उनी हालै क्रिउकट भनिने छोटो हेयर स्टाइलमा देखिइन् । उनको नयाँ हेयर स्टाइलले चर्चा बटुल्यो । उनले छोटो कपाल कुनै क्यारेक्टरका रूपमा नभई आफ्नो इच्छानुसार यो हेयर स्टाइलमा देखिन मन लागेको बतँइन् । थुप्रै चलचित्रमा अभिनय गरेर निर्देशकसम्म बनेकी झरना थापा पनि कपाल खैरिएर नयाँ लुक्समा देखिइन् । तिरुपति बालाजी तीर्थयात्रामा गएकी उनले आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ आफ्नो कपाल चढाएकी हुन् । अभिनेतृ निशा अधिकारीले कपाल मुण्डन गरेसँगै आफूले प्रत्येक क्षण आनन्द लिएको बताइन् । म स्वतन्त्र रूपमा बाँच्न चाहन्छु भन्दै उनले कपाल मुण्डन गरेको बताइन् ।

बलिउडमा पनि ट्रेन्ड
अभिनेतृहरूले कपाल खौरिने र छोटो पार्ने ट्रेन्ड बलिउडमा व्याप्त छ । अमिर खानद्वारा निर्देशित चलचित्र पिके चलचित्रको जति चर्चा भयो त्यति नै चलचित्रमा अनुष्का शर्माले खैरिएको कपालको पनि भयो । उनले कपाल मुण्डन गरेपछि फ्यानहरूको प्रशंसा बटुलेकी थिइन् । आमिर खानकै अर्को चलचित्र दंगलमा अभिनेतृ फातिमा सानो ब्वाइज कटमा देखिएकी थिइन् । बलिउड सोनाक्षी सिन्हा छोटो समयमा बलिउडमा स्थापित अभिनेतृ हुन् । उनी फरक–फरक लुक्समा चलचित्रमा देखिन्छिन् । कंगना रनौत र अनुष्का शर्माको छोटो कपाल देखेर धेरैको कपाल छोट्याउने ट्रेन्ड नै चल्यो ।

 Image