सिर्जना मिसेस् समिट इन्टरनेसनल
सिर्जना शर्मा ‘मिसेस समिट इन्टरनेसनल नेपाल २०२६’ का रूपमा आधिकारिक रूपमा घोषित भएकी छन् ।
अघिल्लो वैशाखमा विवाह बन्धनमा बाँधिएकी वर्षा शिवाकोटी श्रीमान् आशिष गेलालसँगको सम्बन्ध चिसिएपछि चर्चामा छिन् । आशिष अमेरिका बस्छन् । विवाहपछि वर्षा पनि अमेरिका पुगिन् । तर, उनी छोटो समयमै नेपाल फर्किइन् । सम्बन्धबारे मौन बसेकी उनी स्टाटस पोस्ट गर्दै भनेकी छन्, ‘मौन बसे घमण्ड, केही बोले बहस ।’ विवाह गरेर फिल्म छोड्ने सोच बनाएकी वर्षा अब भने फिल्ममै करिअर बलियो बनाउने दौडमा छिन् । वर्षाले अभिनय गरेका ‘मनसँग मन’, ‘परदेशी २’ लगायतका केही फिल्म प्रदर्शनको तयारीमा छन् ।