Successfully Copied

पछिल्लो समय ‘सर्ट मुभी’को ‘क्रेज’ बढ्दो

म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे ।

सागर खनाल,  मोडल

मोडल बन्ने रुचि कसरी आयो ?

म सानैदेखि चलचित्र हेर्थें । चलचित्र हेर्दाहेर्दै त्यसै भित्र डुब्थें । चलचित्रदेखि सिरियलका कथाहरू साथीभाइहरूलाई मज्जाले सुनाउँथें । साथीहरूले पनि मोडल बन्न हौसाइरहन्थे । ‘पर्फमेन्ट आर्ट’देखि फिल्मको हिरोको ‘क्यारेक्टर’ बन्दै बाल्यकाल बिताएँ । भविष्यमा मोडल बन्ने सपना बुन्दै हुर्किएँ ।  

करिअरका रूपमा कसरी अगाडि बढ्नुभयो ?

यो क्षेत्रमा पढाइसँगै करिअरलाई अगाडि बढाउँदै लगेको छु । ‘ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म इन्डष्ट्री’ मा स्नातक अध्ययनसँगै करिअर पनि अगाडि बढाउँदै लगेको छु । कलेजको प्रोजेक्ट वर्कमा ‘से नो टु ड्रग’ चलचित्र निर्माण गरेर प्रदर्शन गरेसँगै यो क्षेत्रमा लाग्न हौसला मिलेको हो । त्यसपछि विज्ञापन हँुदै  मोडलिङमा व्यस्त रहन थालें । थुप्रै सर्ट मुभीहरूमा पनि अभिनय गरेको छु । ‘चाहना’ ‘सिया’ जस्ता सर्ट मुभीहरूमा अभिनय  गरें । अहिले भने एउटा फिल्मको वर्कसपको तयारीमा छु ।

यो क्षेत्रमा आउन परिवारको सहयोग कस्तो रह्यो ?

घरपरिवारको इच्छा त डाक्टर बनाउने थियो । बाबाआमाको इच्छानुसार प्लस टुमा साइन्स पढें । तर फिल्म खेल्ने इच्छा भने रोकिएको थिएन । घरपरिवारलाई धेरै सम्झाएर यो क्षेत्रमा प्रवेश गरेको हुँ । सुरुमा त करिअर छैन भनेर गुनासो गर्नुहुन्थ्यो । मैले अरु गर्न नमाने पनि अहिले राम्रो सपोर्ट पाएको छु ।

नेपालमा ‘सर्ट मुभी’को ‘क्रेज’ कस्तो छ ?

पछिल्लो समय ‘क्रेज’ बढ्दै गएको  छ । ‘सर्ट मुभी’ सिकाइको अनुभव पनि राम्रो बन्ने गरेको छ । बाहिरबाट पनि थुप्रै सहयोग जुटिरहन्छ । पछिल्लो समयको कुरा गर्दा थुप्रै ‘सर्ट मुभी’ले अन्तर्राष्ट्रिय ‘अवार्ड’हरू पनि प्राप्त गरिरहेका छन् । कथाका पात्रहरूलाई सम्मान र व्यावसायिक पक्ष राम्रो बन्दै गएको छ ।

अरु के कुरामा रुचि छ ?

मोडलिङबाहेक नृत्य पनि मलाई मन पर्छ । घुम्न रुचाउँछु । नेपालका थुप्रै ठाउँ घुमेको छु । मनाङ–मुस्ताङ मलाई मन पर्ने ठाउँ हुन् ।

आगामी योजना केही छन् कि ?

राम्रो ब्यानरमा चलचित्र खेल्ने रुचि छ । आफ्नो कलालाई प्रस्तुत गर्न राम्रो टिमसँग काम गर्ने योजना छ ।

 Image