दुई दिने 'काठमाडौं उत्सव 'को पहिलो संस्करण फागुन १६ देखि
काठमाडौं उत्सवको पहिलो संस्करण फागुन १६ र १७ गते दुई दिन राजधानीस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको हो।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२’ मा नेपालका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड पाएका छन् । प्रतियोगितामा परिन्दाले ‘मिसेस् एलिगेन्स’ र परिसाले ‘मिस मल्टिमिडिया’ अवार्ड जित्न सफल भएका हुन् ।
परिन्दा परी श्रेष्ठ
पाँचौ संस्करणको ‘हेरिटेज प्याजेन्टस्’ मा रसियाकी ३० वर्षीया एना किरिलिनाले ‘मिस हेरिटेज इन्टरनेसनल २०२२’ को उपाधि प्राप्त गरिन् । यसैगरी, थाइल्यान्डकी ३९ वर्षीया फोन्टिप श्रीवारन्यु ‘मिसेस् हेरिटेज इन्टरनेसनल २०२२’ का रूपमा चयन भइन् ।
परिसा रानाभाट
प्रतियोगिताका प्रस्तुतिहरूको निर्देशन नेपाली कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका वेस्ली सअले संयुक्त रूपमा गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका विमल सुवेदीलाई समावेश गरिएको थियो ।