Successfully Copied

समाजमा भएका सम्पूर्ण व्यक्ति मानव हुन्

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ‘मिस युनिभर्स नेपाल’ को ‘टप टेन’ मा पहिलो पटक पुग्न सफल व्यक्तित्व हुन्–अनु अनमोल क्षेत्री । चार वर्षअघि मोडलिङमा प्रवेश गरेकी उनी ‘ट्रान्स जेन्डर’ महिला हुन् । ३० वटाभन्दा बढी ‘¥याम्प शो’मा ‘क्याट वाक’कला प्रस्तुत गरिसकेकी उनी प्रदेश

अनु अनमोल क्षेत्री (मोडल तथा सामाजिक अभियन्ता)

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबाट ‘मिस युनिभर्स नेपाल’ को ‘टप टेन’ मा पहिलो पटक पुग्न सफल व्यक्तित्व हुन्–अनु अनमोल क्षेत्री । चार वर्षअघि मोडलिङमा प्रवेश गरेकी उनी ‘ट्रान्स जेन्डर’ महिला हुन् । ३० वटाभन्दा बढी ‘¥याम्प शो’मा ‘क्याट वाक’कला प्रस्तुत गरिसकेकी उनी प्रदेश ५ मा सम्पन्न ‘नेपाल्स शोज मोडल २०१९’ को ‘सेकेन्ड’की ‘रनरअप’ पनि हुन् । ‘मिस युनिभर्स’लाई ‘ड्रिम डेस्टिनेसन’ ठानेकी उनी यो प्रतियोगिताको ‘टप टेन’ सम्म पुग्नुलाई विजयसरह ठानेकी छन् ।

‘ग्ल्यामर’ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

बाल्यावस्थादेखि नै म राम्रो नृत्य गर्थें, अभिनयमा पनि रुचि थियो । यो मेरो ‘प्यासन’ नै थियो । म त्यही कला र शक्ति लिएरै हुर्किएँ । रुचिकै कारण म यो क्षेत्रमा प्रवेश गरेकी हु“ ।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो क्षेत्रमा काम गर्न कत्तिको चुनौती छ ?

चुनौती धेरै छन् । हामीजस्ता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू कुनै सभा, समारोह, कार्यक्रममा जाँदा फरक व्यवहारको सामना गर्नुपर्छ । हामीकाममा जति पोख्त भए पनि विश्वास गरिँदैन । यौनकर्म गर्ने, बधाइ उठाएर खाने, नाचेर वा मागेर खाने मानिसका रूपमा मात्र हामीलाई बुझ्ने मानसिकता छ । हामी आफ्नो क्षमता प्रस्तुत गर्न, भाषण गर्न कुनै कार्यक्रममा पुग्दा नाच्न आएको ? भन्ने प्रश्न सुन्नुपर्छ । त्यति मात्र नभएर अझ डरलाग्दो कुरा त व्यावसायिक कामका सिलसिलामा हामीलाई ‘सेक्स अब्जेक्ट्स’ का रूपमा मात्रै हेरेर हामीसँग ‘सेक्स डिमान्ड’ गरिन्छ, जुन अत्यन्तै दुःखलाग्दो कुरा हो ।

आफ्नो समुदायको हकहित र अधिकारका लागि तपाईंले गरेको योगदानबारे बताइदिनुस् न

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका पक्षमा हरेक ‘प्लेटफर्म’ मा सधै आवाज उठाउँदै आएकी छु । यो समुदायका लागि मैले मेरो अमूल्य समय खर्च गरेकी छु । ‘मिस युनिभर्स’को ‘टप टेन’मा पर्नुलाई पनि मैले आफ्नो समुदायप्रतिको सानो योगदान ठानेकी छु ।

जीवनमा आफूले प्राप्त गरेको उपलब्धि केलाई मान्नुहुन्छ ?

‘मिस युनिभर्स’को ‘टप टेन’मा पर्नु नै मेरा लागि एउटा उपलब्धि हो । यत्तिमै पनि मलाई ‘विनर भाइब्स’ आइरहेको छ । बाहिरी संसारसँग लड्न सक्ने शक्ति प्राप्त गरेको अनुभूति भइरहेको छ ।

यो समुदायका व्यक्तिहरूलाई जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न के आवश्यक ठान्नुहुन्छ ?

सबैभन्दा ठूलो त पारिवारिक सहयोग हो । त्यसबाहेक समाजको सोच परिवर्तन हुनुपर्छ । सामाजिक सहयोग आवश्यक छ हामीलाई । मूल विषय  हाम्रा लागि राज्यले समान कानुन बनाइदियोस् ।

जीवन के रहेछ ?

जीवन बगेको खोलाजस्तै हो । कहिले खडेरीले सुकाउँछ, कहिले वर्षाले भेल ल्याउँछ । कुनै गहिरो त कुनै समतल ।

तपाईंको समुदायको प्रतिनिधित्व गर्ने ‘रेन्बो फ्ल्याग’ र तिहारका सात रंगमा के समानता तथा भिन्नता पाउनुहुन्छ ?

संसारका सबै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू रंगजस्तै उज्याला, निश्छल, निष्कपट छन् । आफू सुहाउँदो परिभाषा बोकेर आफूलाई चिनाउने र स्थापित गर्ने क्रममा छन् । यो इन्द्रेणी झण्डा त्यसैको प्रतीकहो । त्यसैगरी तिहारको रंगको आफ्नै विधिविधान छ । यो दाजुबहिनी एवं दिदीभाइको सुरक्षाको प्रतीक हो । जसरी व्याख्या गरे पनि रंग त रंग नै हो ।

नेपालमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले प्राप्त गर्न चाहेको विषय के हो ?

समानता, एकता र आत्मीयता ।

पाठकका लागि केही सन्देश ?

समाजमा भएका सम्पूर्ण व्यक्ति मानव हुन् । परिवारभित्रका हरेक मानवलाई डाक्टर, इन्जिनियर, वकिल, पाइलट बन भन्नु अघि तिमी असल मानव बन र मानवतालाई चिन भनेर सिकाउनुपर्छ जस्तो लाग्छ । हामीले यति गर्न सकियो भने पनि विश्व शान्त र प्रेममय बन्न सहयोग पुग्छ ।

 Image