‘बाबरी’को ट्रेलर सार्वजनिक
धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/BM6R3195-16082022023355.png&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/entertainment/BM6R3195-16082022023355.png&w=1000&height=600)
यो वर्षको ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हीना शुक्लाले प्राप्त गरेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा फोटोजेनिक विधाको अवार्डसहित उनलाई उक्त उपाधि प्राप्त भएको हो । उनलाई कार्यक्रममा ‘ब्रान्ड एम्बेसडर’ समेत रहेकी अभिनेतृ रिचा शर्माले विजेताको ताज पहि¥याएकी थिइन् । प्रतियोगितामा ‘पर्सनालिटीको अवार्ड’सहित रिमा खड्काले ‘फस्ट रनर्स अप’, सुविना शाक्यले ‘सेकेन्ड रनर्स अप’, सीमा सर्राफले ‘थर्ड रनर्स अप’ तथा रेशमा पुरीले ‘फोर्थ रनर्स अप’ उपाधि प्राप्त गर्न सफल भए ।
यसैगरी, प्रतियोगितामा अञ्जु ढुंगानाले ‘पब्लिक च्वाइस’, विनीता प्रधानले ‘भ्युअर्स च्वाइस’, हीरा देवी श्रेष्ठले ‘ट्यालेन्ट’, सबी ह्याउँमिखाले ‘म्यानेज्मेन्ट च्वाइस’को ताज पहिरिन सफल भए । ‘एमी इन्टरटेनमेन्ट’का लागि एमी रौनियार आयोजक रहेको प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले गरेको थियो ।