आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।
रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि पोर्चुगलमा बस्दै आएका महिला दिदीबहिनीहरूले तीज मनाएका छन् । 'परम्परा बचाऊ, विकृति हटाऊ' नारासहित त्यहाँ उनीहरूले तीज मनाएका हुन् ।
चितवन समाज पोर्चुगल, स्याङ्जा समाज पोर्चुगल, महिला समाज पोर्चुगल, नारी समाज पोर्चुगल, बाग्लुङ समाज पोर्चुगल, एनआईएएलपी सिलाई पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा कलाकार भगवान् भण्डारी, देविका केसी, जेबी ओलीको समेत प्रस्तुति रहेको थियो । कोभिडका कारण दुई वर्षसम्म खुला रूपमा हुन नसकेको तीज कार्यक्रम यो वर्ष मनाएको चितवन समाजका अध्यक्ष रवि अर्यालले टेलिफोनमा बताए ।