कलाकारका दसैं योजना
नजिकिएको दसैंमा के गर्ने, कहाँ जाने, घुम्न जाने वा घर परिवारसँगै बसेर रमाइलो गर्ने ? धेरैको योजना घरपरिवारसँगै रमाइलो गर्ने भन्ने हुन्छ । कतिपय भने यही बेला आफूलाई मन परेका पर्यटकीय गन्तव्य पुग्ने योजना बनाइरहेका हुन्छन् ।
काठमाडौंमा ७ जना भारतीय र २५ नेपाली मोडेलको सहभागितामा ‘आईईसी डिजाइनर रनवे ११’ फेसन सो सम्पन्न भएको छ ।


रनवेमा सहभागी भएका मोडलहरुले ६१ जना फेसन डिजाइनरले तयार पारेका पहिरनमा सजिएर ¥याम्प वाक गरे । शोमा पूर्वमिस नेपालहरू नम्रता श्रेष्ठ, अश्मी श्रेष्ठ, अभिनेतृहरू आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सोज टपरका रूपमा ¥याम्पमा उत्रेका थिए ।

शोको आयोजनको मुख्य उद्देश्य नेपाली फेसन उद्योग र यहा“का सिर्जनात्मक डिजाइनरको प्रचार–प्रसार गर्दै उनीहरूले डिजाइन गरेका पृथक् नेपाली शैली र डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक संस्था आईईसी आर्ट एण्ड कलेज तथा आईईसी गु्रपकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

तस्बिरहरु ः महेश प्रधान