कलिङ महोत्सवमा दक्षिण एसियाका तीन सय लेखक सहभागी हुँदै
दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञहरुको उपस्थिति रहने महोत्सवको उद्घाटन पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले गर्ने आयोजकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

धादिङकी कमला घिमिरे सानै उमेरदेखि लोकदोहोरी सुन्न र गाउन रुचाउँथिन् । उनी लाइभ लोकदोहोरी ‘इन्द्रेणी’ कार्यक्रम हेर्दै हुर्किइन् । यही कार्यक्रमले उनलाई लोकदोहोरीको भाका र टुक्का जोड्न सिकाइदियो । नौ वर्षदेखि नै उनी विद्यालयमा, गाउँमा लोकगीत गाउँथिन् । गीत गाएर उनले विद्यालयमा थुप्रै पुरस्कार पनि जितिसकेकी छन् । चर्चित लोकदोहोरी गायक राजु परियारसँगको लाइभ दोहोरी प्रतियोगिताले उनको खुबीलाई चर्चित बनायो । उनको यो दोहोरी ‘करोड क्लब’मा पनि पुग्यो । उनी थुप्रै लाइभ दोहोरीमा सहभागी भइसकेकी छन् । उनी हरेक गायक–गायिकासँग लाइभ दोहोरीमा टक्कर दिन सक्षम छिन् । लाइभ दोहोरीमा गीतको भाका र टुक्का आफैं आउने गरेको उनले बताइन् । उताबाट के आउँछ सोहीअनुसार आफू तयार भइसक्ने उनको भनाइ छ । सामान्य परिवारकी १३ वर्षीया उनले गायनका कारण केही आम्दानीसँगै आत्मविश्वास पनि बढेको बताइन् । लाइभ दोहोरी, स्टेज कार्यक्रमदेखि उनी विदेशसम्म पनि पुगेकी छन् । सानै उमेरमा थुप्रै प्रशंसक बटुलेकी उनले दर्शकहरूको हौसलाले अगाडि बढ्न प्रोत्साहन गरेको बताइन् । उनलाई अब पढाइ र संगीतलाई अगाडि बढाउँदै राम्री गायिकाका रूपमा स्थापित हुनु छ ।
डेढ वर्षअघि भक्तपुरकी आयशा गौतमलाई आफूलाई गायिका बन्छु भन्ने थिएन । नौ वर्षीया उनका परिवारलाई पनि यो विश्वास थिएन । तर, उनी छोटो समयमै लोकप्रिय बालगायिका बन्न पुगिन् । उनको स्वरको प्रशंसा चारैतिर हुन पुग्यो । उनका चर्चित गीतहरू ‘फुली नाकैमा’ ‘तारा बाजी लै छोरी’ ‘चिया सस्तो छ’ लगायतका गीत चर्चित लोकगीत हुन् । उनलाई पनि गायिका बन्ने अवसर ‘इन्द्रेणी’ ले नै जुटाइदिएको हो । जाडो बिदामा उनकी आमाले उनलाई उक्त कार्यक्रम हेर्न भनेर लगिन् । उक्त कार्यक्रममा नाच्दा–नाच्दै उनले आफूले गीत गाउन सक्ने भएको बताइन् । उनले लाइभ दोहोरीमा टुक्का जोड्दै जवाफ फर्काउन थालिन् । लाइभ दोहोरीमा उनी यति तगडा बनिन् कि भोलिपल्ट उनले छत्र शाहीसँग पहिलो लाइभ दोहोरीमा प्रतिस्पर्धा गरिन् । त्यहीँबाट उनको गायनको यात्रा सुरु भएको हो ।
उनले गीत मात्र होइन मोडलिङ पनि गरिसकेकी छन् । न त उनले म्युजिक सिकेकी छन् न त मोडलिङ । प्राक्टिस गर्दागर्दै सिकेको उनले बताइन् । उनले सुनील थापा, नाजिर हुसेनदेखि राजेश हमालसँग सँगै अभिनय गरिसकेकी छन् । पढाइसँगै संगीतलाई पनि उनले पार्ट टाइमका रूपमा अगाडि बढाउने बताइन् । भविष्यमा शिक्षिका वा वकिल बन्ने उनको रहर छ ।
कैलालीकी १३ वर्षीया पूजा देवकोटाले वर्षौर्देंखि हराएका बुवा खोज्दै गीत गाइन् । उनले पहिलो पल्ट ‘न साथमा बाबा छन् न जूनेली रात’ बोलको गीत गाइन् । यो गीतले उनले आफ्ना हराएका बुवालाई भेटाइन् । गीत गाउँदै उनी लाइभ दोहोरीमा आइपुगिन् । ‘चोली मैलै भो मैले तिम्लाई नभन्या मात्रै हो मन पराको पहिले हौ’ किसन सिजापतिसँगको लाइभ दोहोरीले टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । देशका चर्चित कलाकारहरूले उनको स्वरमा रहेको उक्त गीतमा टिकटक बनाए । यसले पूजालाई थप हौसला बढ्यो । सात कक्षामा पढ्ने उनले दोस्रो गीत ‘म नेपालकी छोरी’ रेकर्ड गराइसकेकी छन् । उनले लोकगीत मात्र होइन आधुनिक गीत पनि गाउन रुचाउँछिन् । सांगीतिक क्षेत्रमा उदाएकी उनलाई थुप्रै सहयोग पनि आउने गरेको छ । उनले कैलालीमा नयाँ घर बनाइसकेकी छन् । संगीत र पढाइलाई सँगसँगै अघि बढाउँदै राम्रो कलाकार बन्ने उनको रहर छ ।
दैलेखका गाउँघरमा गीत गाउने किसन काठमाडौंको इन्द्रेणी सेटसम्म पुगे । उनले थुप्रै कलाकारसँग लोकदोहोरीमा प्रतिस्पर्धा गरिसकेका छन् । नौ कक्षामा पढ्ने किसनलाई अहिले गायकका रूपमा सबैले चिन्न थालेका छन् । उनले थुप्रै सामूहिक गीतमा आफ्नो स्वर दिएका छन् । किसनले थुप्रै लोकगीत गाउँदै काठमाडौंमा पढ्ने अवसरसमेत पाएका छन् ।
गुल्मीका सचिन परियारले कमेडियनसँगै बालगायकको परिचय बनाइसकेका छन् । एलकेजीमा पढ्ने नौ वर्षीय परियार पनि लाइभ दोहोरीमार्फत नै उदाए । उनले सानैदेखि गीत–संगीतमा रुचि राखी गीत गाउने क्षमताका कारण काठमाडौंमा पढ्ने अवसर पाएका छन् । उनले ‘ओठ खोलेर’ बोलको गीतमा पहिलो लोकदोहोरी गाए । उनलाई रविना बसेल र अस्मिता बुढाथोकीले साथ दिए । उनका बुवा तेजेन्द्र परियारले पनि गीत–संगीतमा रुचि राख्छन् । बुवाकै प्रभाव सचिनलाई परेको हुन सक्छ । सचिनको पढाइलाई प्राथमिकता दिँदै अगाडि बढाउने उनका बुवाले बताए ।