सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरले हात पारेका छन् । उनले उपाधिसँगै २५ लाख पुरस्कारसमेत प्राप्त गरेका छन् । शोमा दर्शकले गरेको अत्यधिक मतका आधारमा उनले उपाधि जितेका हुन् । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पारे ।
किरणले आफूले पाएको पुरस्कार रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुईवटा एम्बुलेन्स सहयोग गर्ने बताए । उनले २५ लाख रकममध्येबाट शरणार्थीका लागि एम्बुलेन्स किन्नुका साथै कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्ने बताए ।