आरबोन्नीलाई ‘मिस युनिभर्स’
अमेरिकी सुन्दरी आरबोन्नी गाब्रियलले ‘मिस युनिभर्स २०२२’ को ताज चुम्न सफल भएकी छन् । अमेरिकाको लुसियानामा सम्पन्न ७१ आंै संस्करणको फाइनल प्रतिस्पर्धामा दश वर्षयता अमेरिकी सुन्दरीले ‘मिस युनिभर्स’ को ताज जितेको यो पहिलो हो ।

नायक पुष्प खड्का लकडाउनका कारण गाउँ पुगेका छन् । पुष्पले गाउँमा कृषि कार्यमा सहभागी भई रमाउन पाउँदा र किसान हुनुमा आफूलाई गर्व लागेको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल कृषिप्रधान देश भएकाले किसान हुनुमा गर्व लाग्छ ।’ उनले वृक्षारोपण गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बिरुवालाई जोगाउन सके यसले जीवन दिन सक्ने बताएका छन् । ‘केही लिनलाई केही दिन पनि जान्नुपर्छ । हामीले बिरुवालाई माटो–पानी दिऊँ, त्यसले हामीलाई जीवन दिनेछ ।’