अभिनव म्यानहन्ट विजेता
अभिनव थापाले अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि पाउन सफल भएँ । उनले थाइल्याण्डमा आगामी मे महिनामा थाईल्याण्डमा संचालन हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ सबु शर्माले आधा दर्जन र्याम्प शो, तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मोडलिङमा रुचि राख्ने उनले पढाइ र व्यावसायिक करियरलाई अगाडि बढाइरहेकी छन् । बीफर्मा गरेकी सबु पहिलेदेखि नै र्याम्प शो गर्न मन पराउँथिन् । ब्युटी प्याजेन्टमा सहभागी भएपछि मोडलिङतर्फ मोडिएको उनले बताइन् । सबुले भनिन्, ‘मोडलिङसम्म त गर्न सकिन्छ । चलचित्र नै खेल्ने इच्छा छैन, राम्रा म्युजिक भिडियोको अफर आए छोड्दिन । र्याम्प शोमा पनि मेरो रुचि उत्तिकै छ ।’