‘बार्बी’ चलचित्रको च्यारिटी सो
आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राका अनुसार बालबालिका भोलिको भविष्य भएकाले शिक्षा अत्यावश्यक हुन्छ । मल्होत्राले पढ्न पाउनु उनीहरुको अधिकार भएको कुरा बताए ।
‘द डिभा नेसनल ब्युटी प्याजेन्ट’ को ‘सेकेन्ड रनर–अप’ सबु शर्माले आधा दर्जन र्याम्प शो, तीन वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मोडलिङमा रुचि राख्ने उनले पढाइ र व्यावसायिक करियरलाई अगाडि बढाइरहेकी छन् । बीफर्मा गरेकी सबु पहिलेदेखि नै र्याम्प शो गर्न मन पराउँथिन् । ब्युटी प्याजेन्टमा सहभागी भएपछि मोडलिङतर्फ मोडिएको उनले बताइन् । सबुले भनिन्, ‘मोडलिङसम्म त गर्न सकिन्छ । चलचित्र नै खेल्ने इच्छा छैन, राम्रा म्युजिक भिडियोको अफर आए छोड्दिन । र्याम्प शोमा पनि मेरो रुचि उत्तिकै छ ।’