प्रतिभा प्रस्तुत गर्दै मिस नेवाः ११४५ का प्रतिस्पर्धी
नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

गायिका सिर्जु अधिकारीको नयाँ गीत बजारमा आएको छ । ‘फुल्नै नदिई’ बोलको सार्वजनिक गीतमा गायनमा सिर्जुलाई गायक प्रकाश चन्दले साथ दिएका छन् । गीतमा भरत आर.सीको शब्द तथा भद्र नकलको लय शंकलन रहेको छ ।
गीतको म्यूजिक भिडियोमा लेखक तथा अभिनेता जीवन थापा, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापा, पुजन आचार्य लगायतको अभिनय छ ।
भिडियो छायांकन उमेश कार्कीले गरेका छन् । ललित सिंह साउदले सम्पादन गरेको भिडियो गणेश उपाध्यायले निर्देशन गरेका छन् ।
भिडियो भोजपुरको अरुण गाउँपालिका र धनकुटाको विभिन्न ठाउँमा छायांकन गरिएको छ ।
सिर्जुले लोक गीतका साथै थुप्रै आधुनिक गीतमा समेत स्वर दिएकी छिन् । उनले कयौं गीतमा संगीत समेत दिएकी छिन् । विभिन्न गीतका म्यूजिक भिडियोमा अभिनय गरेकी सिर्जु कुशल मोडल समेत हुन् ।
गीतको म्यूजिक भिडियो :