Successfully Copied

आनाको च्वाइस

आनालाई इटालियन परिकार पिज्जा, पास्ता आदि मनपर्छन् । उनी प्रायः इटालियन परिकार पाइने रेस्टुरेन्टमै जान रुचाउँछिन् ।

                                                                       आना शर्मा, कलाकार

खाना :     आनालाई इटालियन परिकार पिज्जा, पास्ता आदि मनपर्छन् । उनी प्रायः इटालियन परिकार पाइने रेस्टुरेन्टमै जान रुचाउँछिन् ।

पहिरन :     क्याजुअल वेयरमै सजिलो मान्ने आना प्रायः जिन्स, हाफ पाइन्ट तथा वान पिसमा देखिन्छिन् ।

मेकअप : उनलाई कहिल्यै हेबी मेकअप गर्न मन लागेन । आफू जस्तो छु, त्यही ठीक छ भन्ने सोचले नै होला उनी सकभर न्यून मेकअपमै हुन्छिन् । 

घुम्न :        सानैदेखि उनको रुचि घुमघाम थियो । उनी नेपालका थुप्रै सुन्दर स्थानहरूमा 

पुगिरहेकि हुन्छिन् । कतै नयाँ ठाउँमा घुम्न निस्कदा मानसिक रूपमा फ्रेससमेत हुने आना बताउँछिन् ।

रुची :     आना फोटोग्राफीकी सौखिन छिन् । उनी आफ्नो फोटो खिचाउनुभन्दा पनि अरुको फोटो खिच्न रुचाउँछिन् । 

फुर्सद :     उनलाई क्रियटिभ काममा रुचि छ, गीत सुन्ने, डायरी लेख्ने, मुभी हेर्ने काम उनलाई प्रिय लाग्छन् । आफूलाई फेमिली गर्ल भन्न रुचाउने आना परिवारसँगै रमाउँछिन् ।

 

 Image