धेरैले उनका बाल्यकालका कुरा सुनाउँदा विश्वास गर्दैनन् तर श्वेता आफै ती कुरा सम्झदा सारै रिग्रेट हुन्छिन् । उनी आफै भन्छिन्–म सारै जिद्दी थिएँ, ममीलाई सारै दुःख दिन्थें । सारै डिमान्ड गर्थें ।
भनेको कुरा पुगेन भने रुन्थें, कति छाक खान्नथें । बाटोमा हिँड्दा कुनै चीज मन पर्यो भने किन्न लगाइहाल्थें । जब मैले एसएलसी दिएँ, ममा स्कुटर चलाउने रहर जाग्यो ।
मैले ममीलाई सारै कर गरें, तर ममीले दुर्घटना हुने डरले नकिनिदिने सोच बनाउनुभएको रहेछ तर म यति जिद्दी गर्थें, रुन्थें, केही नखाई घुर्की देखाउँथें । अहिले ती कुराहरू सम्झदा सारै नरमाइलो लाग्छ । साँच्चै मैले बाल्यकालमा ममीलाई धेरै दुःख दिएँ ।