‘नेपालको स्वास्थ्य क्षेत्र सुधार्न मन छ’
नेपालका युवा अवसरको खोजीमा छन् । राम्रो अवसर पाए, रोजगारीको सुनिश्चिता हुन सके आफ्नै देशमा बसौं र गरौं भन्ने भावना उनीहरूमा छ ।
पोर्चुगलमा बेली डान्सर, प्रशिक्षक एवं नेल आर्टिस्टका रूपमा काम गरेकी सालु गौतम हाल नेपालमा मोडलका रूपमा स्थापित हुने दौडमा छिन् । सानैदेखि नाच्न रुचाउने सालु नृत्यमा नयाँ के गर्न सकिन्छ भन्ने सोचमा हुन्छिन् । सबैसँग छिट्टै घुलमिल हुने सालुले यसपटक गायिकाका रूपमा समेत आफूलाई चिनाउने प्रयासमा छिन् । तीजको अवसर पारेर तीज गीत रेकर्ड गराई सालु आफै त्यसको म्युजिक भिडियोमा नाचेकी छिन् । यो गीत धेरैले रुचाए सालु गायनमा पनि सक्रिय हुन सक्छिन् ।