Successfully Copied

गर्मीमा छालाको हेरचाह

गर्मीमा धूलो–धूवाँ र प्रदूषणका कारण छालालाई नराम्रो असर पुर्‍याउँछ । घाम र पसिनाका कारण अनुहारमा डन्डिफोर निस्कन थाल्छ । घाममा धेरै समय बाहिर निस्कँदा अनुहारको छाला डढ्छ । अनुहारको चमक पनि चाँडै हराएर जान्छ । छाला रोग विशेषज्ञका अनुसार गर्मीमा डिहाइड्रेसन धेरै हुने


मौसम परिवर्तन हुनासाथ छालाको हेरचाह गर्ने रुटिनमा पनि परिवर्तन गर्नुपर्छ । गर्मी मौसममा छालालाई एक्स्ट्रा केयरको आवश्यकता पर्छ । यतिबेला छालामा पसिना र तेल धेरै निस्कन्छ । त्यसकारण छाला चिपचिप देखिन्छ र छाला डिहाइड्रेसन हुने सम्भावना पनि बढी हुन्छ ।
गर्मीमा धूलो–धूवाँ र प्रदूषणका कारण छालालाई नराम्रो असर पुर्‍याउँछ । घाम र पसिनाका कारण अनुहारमा डन्डिफोर निस्कन थाल्छ । घाममा धेरै समय बाहिर निस्कँदा अनुहारको छाला डढ्छ । अनुहारको चमक पनि चाँडै हराएर जान्छ । छाला रोग विशेषज्ञका अनुसार गर्मीमा डिहाइड्रेसन धेरै हुने भएकाले छालामा संक्रमण हुने खतरा पनि बढी हुन्छ । छालामा टेनिङको समस्या हुनुका साथै एक्ने र पिगमेन्टेसन बढ्ने खतरा पनि उत्तिकै हुन्छ । सनबर्न गर्मीमा धेरैलाई देखिने समस्या हो । गर्मीमा छाला सुख्खा र डिहाइड्रेसन हुने, पसिना बढी आउने भएकाले छाला चिलाउने समस्या धेरैलाई देखिन्छ र छालामा ब्याक्टेरियल र फंगल इन्फेक्सन हुने खतरा पनि बढ्छ ।



हेरचाह
गर्मीमा दिनको दुईपटक माइल्ड क्लिन्जरले अनुहार सफा गरी टोनर लगाउनुपर्छ । टोनर लगाएपछि मोस्चराइजर लगाउनुपर्छ । गर्मीमा आयल फ्रि टोनको प्रयोग गर्नुपर्छ । राति सुत्नुअघि अनुहार पखाल्नुपर्छ । राति पनि टोनर लगाउनुपर्छ । टोनरले छालाको भित्रबाट सफा गर्न मद्दत गर्छ । हप्तामा एकपटक घरमै बनाइएको प्याक लगाउनुपर्छ ।
गर्मीमा प्रयोग हुने सौन्दर्यको प्रसाधन आयल फ्रि हुनुपर्छ । यो मौसममा हेभी मेकअप गर्नबाट बच्नुपर्छ । घरबाट निस्कनु आधा घण्टाअघि सनस्क्रिन प्रयोग गर्नुपर्छ । केशलाई स्कार्फको सहायताले ढाक्नुपर्छ । छालाको हेरचाहसँगै पर्याप्त मात्रामा पानी पिउनुपर्छ । ६ देखि ८ घन्टा निदाउनुपर्छ । ताजा फलफूल र हरियो तरकारी बढी खानुपर्छ ।
राति सुत्नुअघि पनि छालाको हेरचाह जरुरी हुन्छ । क्लिन्जर वा सादा पानीले अनुहार पखालेपछि एलोभेरा वा जेल मोस्चराइजरको प्रयोग गर्नुपर्छ । एलोभेरामा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक गुण हुन्छ । यसले छालालाई संक्रमण हुनबाट बचाउनुका साथै हाइड्रेट राख्छ ।

समर फेस प्याक
–एक चम्चा दही, दुई चम्चा मुल्तानी माटाको पाउडर, एक चम्चा एलोभेरा जेल मिसाएर पेस्ट बनाउने । अनुहारमा पेस्ट लगाएर १५ मिनेटपछि पखाल्ने र कपासको सहयोगले अनुहारमा गुलाबजल लगाउने ।
–दुई चम्चा दहीमा एक चम्चा ओट्स मिलाएर केही बेर भिज्न दिने । त्यसपछि पेस्ट बनाएर अनुहारमा लगाउने । १५ मिनेटपछि हल्का हातले मसाज गर्दै पखाल्ने ।
–दुई चम्चा दहीमा अण्डाको सेतो भाग र एउटा केरा मिसाउने । त्यसमा एक चम्चा बेसन मिसाएर बनाएको पेस्ट अनुहारमा लगाउने । १५ मिनेटपछि पखाल्ने ।
–एक चम्चा दहीमा एक चम्चा मेथीको पाउडर, आधा चम्चा बदामको तेल र आधा चम्चा गुलाबजल मिलाएर पेस्ट तयार पार्ने । पूरै अनुहारमा लगाएर सुक्न दिने र त्यसपछि पखाल्ने ।
–एक चम्चा खरबुजामा एक चम्चा दही मिसाएर अनुहारमा लगाउने । १५ मिनेटपछि पानीले पखाल्ने ।
–अनुहारको छालालाई हाइड्रेट राख्नका लागि काँक्राको फेसप्याक बनाएर लगाउने । काँक्रामा मह र दही मिसाएर बनाइएको प्याक अनुहारमा १५ मिनेटसम्म लगाउने र सफा पानीले पखाल्ने ।
–राति सुत्नुअघि अनुहरामा बेसार र दूध लगाउने र रातभर छोडिदिने । बिहान पानीले पखाल्ने ।

–छालाको सौन्दर्य बढाउन दिनमा दुईपटक अनुहार पखाल्ने । दैनिक नुहाउने । यसले पसिना पखालिन्छ ।
–छालाको प्रकृतिअनुसार सनस्क्रिनका साथै सूर्यको हानिकारक किरणबाट छालालाई जोगाउन एसपिएफयुक्त सनस्क्रिन प्रयोग गर्नुपर्छ ।
–मोस्चराइजरको आवश्यकता जाडो मौसममा मात्र हुँदैन गर्मी महिनामा पनि उत्तिकै हुन्छ ।
–आयल फ्रि मेकअप प्रसाधन प्रयोग गर्ने ।
–घामको सम्पर्कमा धेरै बस्नुपर्ने भए साँझ घर पुगेपछि एलोभेरा जेल लगाउने ।
–नुहाउँदा चिसो पानीको प्रयोग गर्ने । यसले पसिना कम आउँछ र अनुहारमा डन्डिफोर, ब्याकडेह्स आउँदैन ।
–हप्तामा एकपटक अनुहारमा फ्रुट प्याक बनाएर लगाउँदाछाला हाइड्रेट रहन्छ र छाला सफा देखिन्छ ।
–ताजा जुस, फलफूल एवं तरकारी खानुपर्छ । यसले शरीरमा पर्याप्त पानी पुग्छ ।
–अनुहारमा आएको पसिना पुछ्न सफ्ट टावल वा टिस्यु पेपर प्रयोग गर्नुपर्छ ।
–दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । यसले छालालाई हाइड्रेट राख्नुका साथै छालालाई पोषण मिल्छ ।
–आँखाको सौन्दर्य र आँखा पोल्ने समस्याबाट छुटकारा पाउन काँक्रो वा कपासमा गुलाबजल भिजाएर राख्न सकिन्छ ।

 Image