Successfully Copied

लेजर के हो ?

लेजर भनेको एक प्रकारको प्रकाश हो । यसको प्रयोगबाट छालासम्बन्धी विभिन्न उपचार गर्न सकिन्छ


डा. स्मृति श्रेष्ठ
लेजर भनेको एक प्रकारको प्रकाश हो । यसको प्रयोगबाट छालासम्बन्धी विभिन्न उपचार गर्न सकिन्छ । लेजर गर्न सक्ने विभिन्न प्रविधि प्रचलनमा छन् । तीमध्ये ‘कार्बनडाइअक्साइट लेजर’ चाउरीपनबाट छुटकारा पाउन प्रयोग गरिन्छ । पुरानो ‘स्ट्रेच मार्क’ (दाग) हरू पनि यसबाट हटाउन सकिन्छ । त्यसैगरी, ‘पाइसेकेन्ड लेजर’ ले ट्याटु–कोठी हटाउन सकिन्छ । लेजरको प्रयोग रौं हटाउन, कोठी, मुसा निकाल्न, ट्याटु हटाउन, चाउरीपन हटाउन, जन्मदागहरू हटाउन, खत मिलाउनका लागि गरिन्छ ।

लेजर हेयर रिमुभल के हो ?
यो एउटा ‘बिम अफ लाइट’ हो । केशको जरालाई यसले नष्ट गर्छ । शरीरका जुनसुकै भागमा भएका अनावश्यक केशलाई हटाउन यसले सहयोग गर्छ । ‘लेजर हेयर रिमोभल’ गर्ने क्रममा लेजर मेसिनले प्रकाश उत्पन्न गर्छ । त्यो प्रकाशलाई तापमा रूपान्तरण गरी छालालाई कुनैपनि असर नगरी केशको जरालाई नष्ट गर्न सहयोग गर्छ । ‘लेजर रिमोभल’को प्रयोग गर्दा भने हर्मनको लेभल’ सामान्य हुनुपर्छ । ‘युएस एफटी’बाट मान्यता प्राप्त लेजरको प्रयोग गर्दा लामो समयसम्म सकारात्मक नतिजा प्राप्त हुन्छ ।



‘लेजर हेयर रिमोभोल’ कतिपटक गर्नुपर्छ?

छालाको रंग गरेको तरिका र केशको बनावट तथायसमा प्रयोग भएको मेसिनमा ‘लेजर हेयर रिमोभोल’ निर्भर गर्छ । सामान्यतया ५ देखि १२ सेसन लाग्न सक्छ । यो जिनमा पनि भर पर्छ ।

‘लेजर ट्याटु रिमोभल’

‘पाइसेकेन्ड लेजर’ को प्रयोगले ‘लेजर ट्याटु रिमोभल’ गर्न सकिन्छ । विभिन्न सेसन गरी ट्याटु हटाइन्छ । हरेक सेसनको कम्तीमा पनि चारदेखि १० साता ग्याप राख्दा राम्रो हुन्छ । तर, पछिल्लो समय बजारमा जथाभावी गरेको पाइन्छ । ‘ट्याटु रिमुभ’ जथाभावी गर्नु हु“दैन । यसले छालामा नकारात्मक असर पर्छ । कहिल्यै नजाने दाग बस्ने र लामो समय पनि लाग्न सक्छ ।

(डा. स्मृति, स्किन तथा लेजर काउन्सिलरका साथै आकर्षण स्किन एण्ड हेयर क्लिनिकका सञ्चालक हुन्)

 Image