Successfully Copied

जाडोमा छालाको सुख्खापन हटाउन

चिसो बढेसँगै छाला सुख्खा र रुखो हुन थाल्छ । छालाको नरमपन तथा चमक हराउन थाल्छ । त्यसले गर्दाजाडोमा विभिन्न प्रकारका छालासम्बन्धी समस्या देखिन्छन् । हातखुट्टा सुख्खा हुने, फुट्ने, पोल्नेसमस्या चिसोकै कारण उत्पन्न हुन्छन् । त्यसैले चिसोमा छालाको विशेष ध्यान दिनुपर्छ ।


चिसो बढेसँगै छाला सुख्खा र रुखो हुन थाल्छ । छालाको नरमपन तथा चमक हराउन थाल्छ । त्यसले गर्दाजाडोमा विभिन्न प्रकारका छालासम्बन्धी समस्या देखिन्छन् । हातखुट्टा सुख्खा हुने, फुट्ने, पोल्नेसमस्या चिसोकै कारण उत्पन्न हुन्छन् । त्यसैले चिसोमा छालाको विशेष ध्यान दिनुपर्छ ।


मोस्चराइजर क्रिम जरुरी
चिसो मौसम बढेसँगै वायुमण्डलमा प्रदूषण बढ्छ । जसले गर्दा छालाको नमी सोस्छ र छाला सुख्खा हुन्छ । यस्तो छालामा मोस्चराइजर क्रिमको आवश्यकता पर्छ । मोस्चराइजरले छालालाई हाइड्रेट गर्छ । त्यसैले भिटामिन ईयुक्त मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जाडो मौसममा आयल बेस्ड मोस्चराइजर लगाउनुपर्छ । आयल बेस्ड मोस्चराइजरले छालालाई सुरक्षा प्रदान गर्छ । मोस्चराइजरको प्रयोग राति सुत्नुभन्दा अघि पनि गर्नुपर्छ ।


माइल्ड स्क्रब
जाडोमा छालामा मृत छाला बढी जम्छ । यसबाट बच्नका लागि सातामा दुई पटक माइल्ड स्क्रब गर्नुपर्छ । यसले मृत छालालाई हटाएर अनुहारको चमक बनाइराख्छ ।
नरिवल तेलको प्रयोग
नरिवलको तेलले छालालाई नरम बनाइराख्न सहयोग गर्छ । पूरै शरीरमा नरिवलको तेलले मालिस गर्दा छाला सुख्खा हुँदैन र छाला चिलाउने समस्याबाट पनि छुटकारा मिल्छ । नुहाउनु एक घण्टाअघि र नुहाएपछि पनि छालामा नरिवलको तेल लगाउन सकिन्छ ।


काँचो दूधको प्रयोग
अनुहारको छाला एकदमै सुख्खा छ भने काँचो दूध प्रयोग गर्न सकिन्छ । दूध पूरै अनुहारमा लगाएर हल्का हातले मसाज गरी केही समयपछि मनतातो पानीले पखाल्न सकिन्छ वा रातभर छोडेर बिहान पखाल्न पनि सकिन्छ । यसले छाला नरम बनाउँछ ।


सनस्किनको प्रयोग
धेरैले जाडोमा सनस्किनको प्रयोग आवश्यक ठान्दैनन् तर जाडोमा पनि सनस्किनको प्रयोग गर्नुपर्छ । जाडो मौसममा घाम ताप्ने भएकाले सूर्यको हानिकारक विकिरणले छालालाई असर पार्न सक्छ । त्यसैले, घाममा निस्कनु करिब आधा घण्टा पहिले अनुहार तथा हातमा सनस्किन लगाउनुपर्छ । प्रत्येक तीन घण्टाको फरक पारी सनस्किन लगाइराख्नुपर्छ ।

मनतातो पानीको प्रयोग गर्ने
चिसो मौसममा तातो पानीले अनुहार धुने वा नुहाउने गरिन्छ । तर, अधिक तातोपानीको प्रयोग गर्दा छाला सुख्खा हुन्छ । जाडोमा छाला सुख्खा हुन नदिन सकेसम्म तातोपानीको साटो मनतातो पानीको प्रयोग गर्नुपर्छ । यसले छालाको प्राकृतिक तेल बनाइराख्न मद्दत गर्छ ।


बढी एक्सफोलिएट नगर्ने
छालालाई एक्सफोलिएट गर्दा मृतकोशिका हट्छन् । छालामा जम्मा भएका मृतकोशिकाले छाला भित्र पोषण पुग्न दिँदैनन् । त्यसैले जति मोस्चराइजर क्रिम लगाए पनि छाला सुख्खा देखिन्छ । जाडोमा पनि एक्सफोलिएटको आवश्यकता पर्छ । तर जाडो मौसममा धेरै एक्सफोलिएट गर्दा छाला सुख्खा र रुखो हुन्छ ।


हातको हेरचाह
हातमा तैलीय ग्रन्थि कम हुने भएकाले शरीरका अन्य भागको तुलनामा हात सुख्खा हुन्छन् । हात चिलाउने, फुट्ने, चिरा पर्ने समस्या यो मौसममा बढ्छ । त्यसैले हातमा नियमित रूपमा मोस्चराइजर लगाउनुपर्छ ।


पैतालाको हेरचाह
जाडोमा पैताला फुट्ने, चिरा पर्ने हुन्छ । पैतालाको हेरचाहको लागि ग्लिसिरिनयुक्त लोसन प्रयोग गर्नुपर्छ । यसले पैतालाको छालालाई नरम बनाइराख्छ र मृत छालालाई हटाउँछ ।


प्रशस्त पानी पिउने
चिसो मौसममा धेरैजसोले पानी कम पिउँछन् । शरीरलाई डिहाइड्रेसन गर्न पानी आवश्यक पर्छ । शरीरमा पानीको कमीले छाला सुख्खा हुन्छ । छालालाई चमक कायम राख्नका लागि नियमित रूपमा पानी पिउनुपर्छ ।


स्वस्थ आहार खाने
छालालाई हाइड्रेट राख्नका लागि नियमित हेरचाहका साथै शरीरलाई हाइडे«ट बनाउने खानाको पनि आवश्यक पर्छ । ओखर, एभोकाडो, आलस, माछा, चिया सिड्सको सेवन बढी गर्नुपर्छ । यस्ता खानेकुराले छालालाई हाइडे«ट राख्छन् । आवश्यक भिटामिनका साथै ओमेगा फ्याटी एसिडयुक्त खानेकुरा समावेश गर्नुपर्छ । सुन्तला, स्ट्रबेरीले शरीरलाई हाइड्रेट बनाउँछन् ।

रश्मि श्रेष्ठ, ब्युटिसियन
द ग्लिटर्ज बाई रश मी , टेकु
जाडो महिनामा हावामा कम मोस्चर हुन्छ । त्यसैगरी यो मौसममा हामी पानी पनि कम पिउँछौं र शरीर डिहाइड्रेसन हुन्छ । जसले गर्दा छालामा सुख्खापन आउँछ । छाला सुख्खा हुँदा छाला चिलाउने, फुट्ने हुन्छ । धेरै सुख्खा छाला हुँदा अनुहारमा चाउरीपन आउन सक्छ । त्यसैले यो मौससमा अनुहार मात्र नभएर हातखुट्टा र ओठको पनि स्याहारसुसार गर्नुपर्छ । छाला धेरै सुख्खा छ भने ह्यालोरोनिक एसिड भएको सिरम प्रयोग गर्न सकिन्छ । यसले छालामा मोस्चर प्रदान गर्छ । एक्स्ट्रा मोस्चर भएको मोस्चराइजरको प्रयोग गर्नुपर्छ । छाला चाउरी नपरोस् भनेर राति सुत्नुभन्दा अघि एन्टी रिन्कल क्रिमको प्रयोग गर्नुपर्छ । दैनिक सनस्क्रिनको प्रयोग गर्नुपर्छ ।
त्यसैगरी अनुहारको छाला सफा राख्नु पनि उत्तिकै जरुरी हुन्छ । मोस्चर र ह्यालोरोनिक एसिडयुक्त क्लिजिङ मिल्कले अनुहार सफा गर्नुपर्छ । जाडोमा फेसवास प्रयोग गर्नुहुँदैन । समय–समयमा मोस्चर भएको सिट मास्कको प्रयोग पनि गर्नुपर्छ । सुत्नुभन्दा अघि हातखुट्टामा समेत क्रिम वा लोसनको प्रयोग गर्नुपर्छ । जाडोमा कुर्कुच्चा फुट्ने समस्या आम हो, त्यसबाट बच्न क्रिम प्रयोग गर्नुपर्छ ।  

 Image