जाडोमा छालाको स्याहार
छालालाई चिसोको प्रभावबाट बचाउन ‘हाइड्रेटिङ सिरम’को प्रयोग गर्नुपर्छ । अनुहार धोइसकेपछि सुख्खा बनाएर सिरमको प्रयोग गर्नुपर्छ । यसले छालालाई नरम बनाउँछ ।
सौन्दर्यकर्मी शान्ति महर्जन ‘सौन्दर्यकर्मी सम्मान २०७८’ मार्फत सम्मानित भएकी छन् । रोज सीप विकास तालिम केन्द्रको २१ औं वार्षिकोत्सवमा उनी एक कार्यक्रमका बीच सम्मानित भएकी हुन् । विगत लामो समयदेखि सौन्दर्य व्यवसायमा क्रियाशील उनले ‘ब्राइट ब्युटी पार्लर’ स्थापना गरी मुलुकभित्र रोजगारी सिर्जना गर्नुका साथै पार्लर मार्फत सेवा प्रदान गरिरहेकी छन् । यस सम्मानले काम गर्न थप हौसला मिलेको उनले बताइन् ।