नेल आर्टमा करियर
वैदेशिक रोजगारीमा जाने महिलाहरूले यो कोर्स गरेमा सजिलै रोजगार पाउन सक्छन् भने आफ्नै व्यवसाय पनि खोल्न सक्छन् । फ्रिलान्सरका रूपमा काम गर्न चाहनेहरूले त्यो पनि गर्न सक्छन् ।

उक्त कार्यक्रममा जुमकी ‘ब्रान्ड एम्बेस्टर’ तथा अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, सलोन बस्नेत र ‘मेमोरी किङ’ नबल पजियारको विशेष उपस्थिती रहने एकेडेमी संस्थापक जुनु चक्रधरले बताइन् । उनका अनुसार महिला सशक्तीकरणका लागि शाखाको ‘ग्राण्ड ओपनिङ’ गरिएको हो । जुमले आउँदो शनिबार महाराजगञ्ज शाखाको उद्घाटन अवसरमा ३० देखि ५० प्रतिशतसम्मको छुट दिने भएको छ । सोही दिन एकेडेमीमा भर्ना हुन आउने विद्यार्थीहरूका लागि २५ देखि ५० प्रतिशत छुट दिइने भएको छ भने जुममा सेवा लिन आउने ग्राहकहरूले भने ३० प्रतिशतसम्मको छुट पाउन सक्छन् । यो अफर एकेडेमीको ११ वटै शाखाका लागि हुनेछ । त्यसैले ग्राहकलगायत विद्यार्थीहरूले जुमको जुनसुकै शाखामा पनि सम्पर्क गर्न सक्नेछन् ।