Successfully Copied

नेल आर्टमा करियर

वैदेशिक रोजगारीमा जाने महिलाहरूले यो कोर्स गरेमा सजिलै रोजगार पाउन सक्छन् भने आफ्नै व्यवसाय पनि खोल्न सक्छन् । फ्रिलान्सरका रूपमा काम गर्न चाहनेहरूले त्यो पनि गर्न सक्छन् ।


पछिल्लो समय नेलआर्टको क्रेज बढ्दो छ । त्यससँगै यसमै करियर खोज्ने समूह पनि दिनदिनै बाक्लिँदैछ । हातमा केही सीप भएमा बेरोजगार बस्न नपर्ने र यसबाट आत्मनिर्भर बन्न सकिने भएकाले पनि धेरैले नेल आर्टलाई करियर बनाइरहेका छन् । वैदेशिक रोजगारीदेखि विद्यार्थीहरूले समेत पार्ट टाइम जागिरका रूपमा काम गर्न नेल आर्ट सिकिरहेका छन् । यसले नेल टेक्निसियनको माग दिनप्रतिदिन बढिरहेको बुझाउँछ ।

फेसनप्रति बढ्दो जागरुकताका कारण नेल आर्टमै आफ्नो करियर बनाउन सक्छन् । यसको लागि शैक्षिक योग्यता आवश्यक हुँदैन । त्यसकारण जोकोहीले पनि यो कोर्स गर्न सक्छन् । रुचि हुने र सिर्जनात्मक क्षमता भएका जोकोहीले नेल आर्ट सिक्न सक्छन् । वैदेशिक रोजगारीमा जाने महिलाहरूले यो कोर्स गरेमा सजिलै रोजगार पाउन सक्छन् भने आफ्नै व्यवसाय पनि खोल्न सक्छन् । फ्रिलान्सरका रूपमा काम गर्न चाहनेहरूले त्यो पनि गर्न सक्छन् ।

नेल आर्टको कोर्स
नेल आर्ट बेसिक, डिप्लोमा, मास्टर्स, स्पेशल र प्याकेज गरी छुट्टाइएको छ । विद्यार्थीहरूले आफ्नो रुचि र आवश्यकतानुसारको कोर्स लिन सक्छन् । नेल आर्ट सिक्नका लागि कुन कोर्स, के–के सिक्ने हो सोहीअनुसारको शुल्क लाग्छ । यहाँ दक्ष प्रशिक्षकबाट तालिम दिइन्छ । कोर्सभित्र नेल आर्ट सिक्न चाहिने जति पनि सामग्रीहरू छन् ती टे«निङ सेन्टरले नै उपलब्ध गराउँछ । कम्तीमा दुई, तीन महिना नेल आर्ट सिकेपछि स्वरोजगार बन्न सक्छन् ।
कसैले एक महिनामा सिक्न चाहे पनि सोहीअनुसार सिकाइन्छ । यही कोर्समा विद्यार्थीहरू पूर्णरूपमा जान्ने नभएसम्म सिकाइन्छ । त्यसका साथै विद्यार्थीहरूले सिक्न चाहेको आर्ट पनि सिकाइन्छ । बजारमा के ट्रेन्ड चलेको छ सोहीअनुसार विद्यार्थीलाई सिकाइन्छ । त्यसका साथै यो कोर्समा नङको स्याहार, हेरचाह, नेल एक्टेन्सन पर्छ ।

ट्रेन्ड के छ ?
अहिले नङमा पोलिजेल, एक्रेलिक चलेको छ । आर्टमा वान स्ट्रोक, थ्रिडी, फोरडी, मेटालिक्स, पेस्टल, ओम्ब्रे, माइक्रो फ्रेन्च, मिल्की नेल्स पर्छन् । नेल आर्ट गर्न समय लागेपनि हेरचाह गरेमा लामो समय टिक्छ ।  

 Image