Successfully Copied

चायाँ–पोतो र यसको उपचार

पोतो भनेको ‘पेगलमेन्टेसन डिसअडर’ हो । यो भनेको अनुहारमा कालो–खैरो दागहरू आउनु हो ।



डा.सविना भट्टराई, छाला रोग विशेषज्ञ

पोतो भनेको ‘पेगलमेन्टेसन डिसअडर’ हो । यो भनेको अनुहारमा कालो–खैरो दागहरू आउनु हो । यो विभिन्न कारणले हुन्छ । घामले यसलाई अझ बढी बढाउँछ । चायाँ–पोतो वंशानुगत औषधिहरू र पाठेघरमा ट्युमरका कारणले पनि देखा पर्छ । त्यस्तै, महिनावारी सुकेपछि पनि यो देखा पर्छ ।

धेरैजसो २५ देखि ४५ वर्ष उमेरमा पहिलो पटक यो देखिन्छ । यो देखिएपछि छालाको सतहमा कालो बस्छ । महिलाहरूलाई हुने विशेष कारण ‘एस्ट्रोजिन’ भन्ने हर्मोन हो । ‘प्रेग्नेन्सी पिरियड’ मा देखिने कालो दागलाई ‘कोस्मा’ भनिन्छ । विशेषगरीलकडाउनको समयमा कम्प्युटर, ल्यापटप र फोनको उपयोग धेरै भएकाले ‘ब्लुलाइट’को कारणले पुरुषमा पनि चाया–पोतो देखिएको छ ।

 शरीरको उच्च भागमा जस्तै गालाको दुवैतिर निधार र नाकको छेउमा चाया“–पोतो देखिन्छ । यो छालाको माथिल्लो र तल्लो सतहमा हुन्छ । ‘डर्मोकपी’नामक उपकरणबाट अवलोकन गरी यसको उपचार गर्न सकिन्छ ।

उपचार कसरी ?

अवस्था हेरेर यसको उपचार गरिन्छ । क्रिमबाट पनि चायाँ–पोतोपोतोको उपचार गर्न सकिन्छ । त्यस्तै, खाने औषधिहरूको सेवनबाट पनि यसको उपचार गरिन्छ । यसबाहेक ‘केमिकल पिल’,‘लेजर सर्जरी’, ‘माइक्रोडर्मानसन’ पद्धतिबाट समेत चायाँ–पोतोको उपचार हुन्छ । तर, बजारमा पाइने क्रिमहरूले छिटै चायाँ–पोतो जान्छ भनेर भ्रामक विज्ञापनहरू पनि आउने गरेकै छन् । सामाजिक सञ्जालमा पनि यसको चर्चा–परिचर्चा हुने गरेको पाइन्छ ।‘स्क्रब’ गरेर चायाँ–पोतो जाँदैन ।

बजारमा पाइने क्रिम जुन चिकित्सकको ‘प्रेस्क्रिप्सन’ बिना पाइन्छ, त्यसमा ‘स्टेरोइड’ भन्ने रसायन मिसाइएको हुन्छ । यसको प्रयोग गर्दा दुई सातामा चाया“–पोतो गएजस्तो भएपनि त्यसले छालालाई पातलो बनाउँदै रौं आउने जस्तो समस्या देखा पर्न सक्छ ।

उपचार गर्दा विशेषगरी ‘स्क्रिन’ को ‘ब्लुलाइट ¥याडिसन’ मा ध्यान दिनुपर्छ । उपयुक्त मात्रामा आफ्नो ‘स्किन टाइप’ हेर्नुपर्छ । घाममा हिँड्दा ‘सनक्रिम’ लगाउनुपर्छ । मुख छोपिनेटोपी, छाता ओढेर तथा चस्मा घरबाहिर निस्कनुपर्छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नु जरुरी हुन्छ । ‘मेलालिन पिगमेन्ट’ घामका कारण सक्रिय हुने भएकाले जोगिनुपर्छ ।

 Image