Successfully Copied

जाडोमा छालाको हेरचाह

धेरैले गर्मी महिनामा लगाउने स्किनकेयर उत्पादन जाडोमा पनि निरन्तर लगाउँछन्, जुन गलत हो । यसो गर्दा छालाको प्राकृतिक तेल नष्ट हुन्छ, जुन छालाका लागि आवश्यक हुन्छ ।


तापक्रम र आर्द्रता पनि घट्दै जाँदा जाडो महिनामा अनुहार र हातखुट्टा फुट्छन् । छालालाई स्वस्थ र चम्किलो राख्न छालाको हेरचाह गर्नुपर्छ। सुख्खापन, कक्रक्क हुने, डल हुने, चाउरी बढेको महसुस हुने र छालामा अन्य मौसमी समस्या हुनसक्छन् । यसकारण सहज र हाइड्रेटिङ स्किनकेयर बनाउन आवश्यक छ। धेरैले गर्मी महिनामा लगाउने स्किनकेयर उत्पादन जाडोमा पनि निरन्तर लगाउँछन्, जुन गलत हो । यसो गर्दा छालाको प्राकृतिक तेल नष्ट हुन्छ, जुन छालाका लागि आवश्यक हुन्छ । छालाको प्राकृतिक तेलले बाह्य हावा, सुख्खापन, सूर्यको विकीरण, पानी तथा अन्य वातावारणको प्रदूषणबाट जोगाउँछ । 

 जाडोमा छालाको स्याहार कसरी गर्ने र कुन प्रोडक्ट लगाउने ? 

हाइड्रेसनः छालाको प्राकृतिक तेल नफाल्न र हाइड्रेसन कायम राख्न नरम हाइड्रेटिङ क्लिन्जर, सिरम र मोइस्चराइजरलाई जोड दिनुपर्छ । हाइड्रेटिङ क्लिन्जर किन्दा एसिड नभएको जेन्टल प्रोडक्ट लगाउनु उपयुक्त हुन्छ । 

 मोइस्चराइजरः –धेरै चिसोमा सुरक्षात्मक कवच सिर्जना गर्न बाक्लो र सेरमाइड भएको मोइस्चराइजर राम्रो हुन्छ । यस्तै, स्क्वालिन, सिया बटर, इमोलिन, हायलरोनिकएसिड, ग्लिसिरिन र इस्टर भएको प्रोडक्ट लगाउनुपर्छ । यी सबै उत्पादन डन्डिफोर हुने छालाका लागि उपयुक्त नहुन सक्छन् । डन्डिफोर हुनेले डर्मेटोलोजिस्टको सल्लाहमा मोइस्चराइजर प्रोडक्ट लिनु उचित हुन्छ । सनस्क्रिन हामीले गर्ने दोस्रो गल्ती जाडोमा चाहिने मात्रामा र चाहिने जति सनस्क्रिन नलगाउने हो। चिसोमा घामको तीव्रता कम भए पनि र धुम्म बादल लागे पनि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ। प्रदूषणको मात्रा जाडोमा अझ धेरै हुन्छ । यसकारण पनि सनस्क्रिन, मोइस्चराइजर र क्लिन्जर आवश्यक छ । तपाईंको सुरक्षा गर्न कम्तीमा एसपीएफ ५० भएको युभीए, युभीबी र सीधा प्रकाशबाट जोगाउन ब्रोड स्पेक्ट्रम सनस्क्रिन प्रयोग गर्नु उपयुक्त हुन्छ । दिनमा तीन पटक सनस्क्रिन लगाउनुपर्छ किनभने यसले दुई–तीन घन्टा मात्र काम गर्छ। 


 एक्सफोलिएट गर्ने कि नगर्ने ?

–छालाका कोशिकाले महिनासँग काँचुली फेर्छ र जाडोमा यो क्रम ढिलो हुन्छ । त्यसैले छाला फुस्रो र चमकहीन देखिन्छ । यतिमात्र होइन, जम्मा भएका पत्रपत्र कोशिकाहरूले गर्दा स्किनमा लगाएको प्रोडक्ट पनि प्रभावकारी रूपमा छालाभित्र नपुग्न सक्छ । तसर्थ छालाका कोशिकाहरू हटाउने र सेल टर्नओभरलाई बढावा दिने प्रक्रियालाई एक्सफोलिएसन भनिन्छ। यसका लागि हप्तामा एकपटक सात प्रतिशत ग्लाइकोलिक सिरम वा दुई प्रतिशत सेलिसिलिक सिरम प्रयोग गर्नु उपयुक्त हुन्छ । एक्सफोलिएट गरेको दिन रेटिनोल सिरम लगाउनुहु“दैन र केही दिन घाम तथा रुखो हावाबाट पनि बच्नुपर्छ ।

–ओभर–एक्सफोलिएसनबाट बच्नका लागि हप्तामा एक वा दुई पटक एक्सफोलिएन्ट प्रयोग गर्नुपर्छ । अतिरिक्त पोषणका लागि सिरम –हाइड्रेसन बढाउन र आवश्यक पोषकतत्वहरू प्रदान गर्न हायलरोनिक एसिड र भिटामिन ‘सी’ युक्त सिरमहरू छनोट गर्नुपर्छ । भिटामिन सी डन्डिफोर हुने र संवेदनशील छाला हुनेलाई नफाप्न सक्छ ।

–छालालाई वातावरणीय क्षतिबाट जोगाउन एन्टिअक्सिडेन्टसहितको नायसिनामाइड सिरम सबै किसिमका छालालाई उपयुक्त हुन्छ ।


ओठ र आँखाको हेरचाह

ओठ फुट्नबाट बच्न पौष्टिक लिपबाम लगाएर आँखामुनि आइक्रिम प्रयोग गर्नुपर्छ । हाइड्राफेसियल र मेडिकल पिल गर्दा छाला स्वस्थ बनाउन थप मद्दत पुग्छ । पोषणयुक्त खानेकुरा एवं आवश्यकतानुसार भिटामिन सप्लिमेन्ट अहिलेको समयमा छाला र केशका लागि पनि जरूरी छ। भिटामिन डी, आइरन, क्याल्सियम, जिंक, भिटामिन सी, भिटामिन बी खाना र सप्लिमेन्ट दुवै लिनुपर्छ ।

डा.स्मृति श्रेष्ठ, मेडिकल डाइरेक्टर, अनोभा स्किन एन्ड हेयर क्लिनिक 

 Image