Successfully Copied

सुन्दरताका लागि प्रविधि

सौन्दर्य वृद्धिका लागि नयाँ–नयाँ प्रविधि र उपचार विधि थपिनुले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यी प्रविधि, उपकरण र उपचार महँगो भएपनि आफूलाई सधै तन्नेरी बनाउने चाहना राख्नेहरू बर्सेनि बढेकै छन् ।


पछिल्लो समय सर्वसाधारणमा सौन्दर्यप्रतिको चासो र चेतना बढ्दै गएको छ । आ–आफ्नो सौन्दर्यप्रति धेरै जना सचेत र संवेदनशील रहेको पाइन्छ । सौन्दर्य वृद्धिका लागि नयाँ–नयाँ प्रविधि र उपचार विधि थपिनुले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यी प्रविधि, उपकरण र उपचार महँगो भएपनि आफूलाई सधै तन्नेरी बनाउने चाहना राख्नेहरू बर्सेनि बढेकै छन् । चर्मरोग विशेषज्ञ÷प्राविधिकहरूका अनुसार सौन्दर्य वृद्धिसँगै छालाको उपचारमा प्रयोग गरिने केही प्रविधिहरूमा ‘बोटक्स’ र ‘हाइड्रा फेसियल’ बढी प्रचलनमा छन् । ‘नारी’ मासिकको यो अंकमा सौन्दर्य बढाउन र छालाको उपचारमा प्रयोग हुने प्रविधि र विधिबारे विज्ञहरूको विचार तथा विषयवस्तुलाई समेट्ने जमर्को गरिएको छ । 

डा. प्रकृति ज्ञवाली

छालाको उपचारमा ‘डर्मल फिलर’

‘डर्मल फिलर’ भनेको ‘एन्टिएजिङ’ उपचार पद्धति हो । शल्यक्रिया नगरी सुई दिएर शरीरको कुनैपनि भागमा झुन्डिएको छालालाई कसिलो बनाउन यो उपचार विभिन्न तरिकाबाट गरिन्छ । बढी प्रयोगमा सुई नै रहेको छ । सुईको माध्यमबाट ‘हेमोलियम एसिड’छालामा प्रवेश गराइन्छ । यसले छालालाई स्वस्थ देखाउन मद्दत गर्छ । यो विशेषगरी आँखामुनिको भाग, गालाको साइड, निधारको छेउछाउमा र गाला–ओठको सेप मिलाउन, नाकमा आउने लाइनहरूमा बढी प्रयोग गरिन्छ । 

पछिल्लो समय ‘फिलर’ प्रतिको चासो र आकर्षण बढ्दै गएको छ । यो एकपटक गरेपछि करिब एकदेखि दुई वर्षसम्मका लागि काम गर्छ । यसले अनुहारमा ‘भोल्युम’ दिने काम गर्छ । बीचमा केही समस्या आए वा आफूलाई अझै राम्रो देखाउने चाहना भए ‘टचअप’ पनि गर्न सकिन्छ । यसको परिणाम आउन दुई साता लाग्छ । छोटो समयमा बिनादुखाइ सौन्दर्य बढाउने भएकाले यो उपचारपद्धति लोकप्रिय हुँदै गएको छ । यो उपचार ५० देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूले बढी रुचाएको पाइएको छ । ‘फिलर’ गर्दा कोहीमा सामान्य ‘साइड इफेक्ट’ पनि देखा पर्न सक्छ । जस्तैः फिलर गरिएको ठाउँमा नीलो डाम÷धर्सा बस्न सक्छ । तर, त्यो लामो समयसम्म रहँदैन । छाला पातलो हुनेहरूमा यो समस्या बढी देखा पर्छ । ‘फिलर’ गर्नुअघि विभिन्न कुरामा ध्यान दिनुपर्छ । रगत पातलो बनाउने औषधि, पेनकिलर, अल्कोहलको प्रयोग गर्नु हु“दैन । ‘फिलर’ गरिसकेपछि केही समय वर्कआउटबाट टाढा रहनुपर्ने हुन्छ । साथै यो उपचारको राम्रो परिणाम प्राप्त गर्न पर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

(डा. प्रकृति एस्थेटिक्स डर्माटोलोजीस्टका साथै स्वस्ती लेजर एण्ड स्किन केयर क्लिनिकका सञ्चालक हुन् )

 Image