Successfully Copied

मेरुदण्डको हेरचाह

शारीरिक सुन्दरताको कुरा गर्दा अगाडि देखिने भाग मात्र महत्वपूर्ण हुँदैन, ढाडको सौन्दर्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरै महिलाले सुन्दरताका लागि अनुहारको हेरचाह गर्ने तर ढाडको बेवास्ता गरेको पाइन्छ । फलस्वरूप अगाडिबाट हेर्दा चिटिक्क देखिएकाहरूको ढाड त्यति नै कुरूप हुनसक्छ ।

शारीरिक सुन्दरताको कुरा गर्दा अगाडि देखिने भाग मात्र महत्वपूर्ण हुँदैन, ढाडको सौन्दर्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । धेरै महिलाले सुन्दरताका लागि अनुहारको हेरचाह गर्ने तर ढाडको बेवास्ता गरेको पाइन्छ । फलस्वरूप अगाडिबाट हेर्दा चिटिक्क देखिएकाहरूको ढाड त्यति नै कुरूप हुनसक्छ । त्यसैले कालो तथा नराम्रो ढाड भएका महिलाहरूले त्यसको उचित हेरचाह गर्नु आवश्यक छ । 

ढाडको सुन्दरताका लागि बसाइ तथा हिँडाइमा ध्यान पुर्‍याउनुपर्छ । हिँडाइ सीधा हुनुपर्छ । सुन्दर ढाडका लागि बसाइको तरिकाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले थकान मेटाउनुका साथै नयाँ ऊर्जा र आत्मविश्वास बढाउँछ । यसका लागि सीधा उभिने बानी बसाल्नुपर्छ । दुवै कुम सीधा राख्नुपर्छ । भुइँसँग चिउँडो समानान्तर, छातीमाथि तथा पेटभित्रको दिशामा फर्किएको हुनुपर्छ । बस्ने बेलामा दुई घुँडा जोडेर खुट्टा भुइँमा सीधा राख्नुपर्छ । पछाडिको भाग कुर्सीसँग समानान्तर हुनुपर्छ । भुइँबाट केही टिप्दा ढाड खुम्च्याउनुभन्दा घुँडामा बल दिनुपर्छ । सुत्ने बेलामा ढाड सीधा पारेर सुत्नुपर्छ । सुत्ने खाटले शरीरमा घोच्नु हुँदैन । 

सुन्दर शरीरमा स्लिपलेस तथा स्ट्राइप भएका पहिरन आकर्षक देखिन्छन् । ढाडमा कुनै पनि दाग अथवा घाउ छ भने त्यसले पहिरन तथा शारीरिक बनोटलाई नै खल्लो बनाउँछ । यस्तो समस्या हटाउन १५ दिनमा एकपटक ब्लिच गर्न सकिन्छ । यसो गर्दा ढाडमा भएको दाग एवं रौं सफा गर्नुका साथै छालाको रंग पनि राम्रो बनाउँछ । ब्लिच गर्नुभन्दा पहिले आफ्नो छालालाई त्यसले असर गर्छ कि गर्दैन विचार पुर्‍याउनुपर्छ । यदि ब्लिच गर्ने भागमा काटेको वा छालासम्बन्धी कुनै समस्या भए ब्लिच गर्नुहुँदैन । 

स्लिभलेस तथा स्ट्राप भएका पहिरन लगाउनुअघि काखीको रौं हटाउनुपर्छ । नुहाउनुभन्दा पहिले पूरा शरीरलाई जैतुन अथवा नरिवलको तेलले मालिस गर्दा छाला मुलायम हुन्छ । पछाडिको भागमा जम्मा भएको मयल हटाउन तौलिया वा कपडा प्रयोग गर्न सकिन्छ । साबुन लगाएपछि मसाज टाबेलले घुमाएर रगड्नुपर्छ । यसले मरेका कोषिका हटाउनुका साथै नयाँ छाला आउन सहयोग गर्छ । यो उपाय १५ दिनमा एकपटक अवलम्वन गर्नुपर्छ । नुहाउनुअघि मोस्चराइजर अथवा बडी लोसन प्रयोग गर्न सकिन्छ । यदि छाला चिल्लो छ भने मोस्चराइजर वा बडी लोसनको साटो नुहाउने पानीमा एस्टरजेन्ट प्रयोग गर्न सकिन्छ ।

छाला राम्रो बनाउन

सुन्तलाको बोक्रालाई काँचो दूधसँग मिसाएर प्याक बनाई लगाउने । यसले छालालाई कसिलो बनाउँछ । 

यदि छालासम्बन्धी कुनै समस्या भए पहिले त्यसको उपचार गर्नुपर्छ । शरीरमा अनावश्यक कोलेस्ट्रोल छ भने त्यसलाई खानपिन तथा व्यायामद्वारा सन्तुलित बनाउन सकिन्छ । 

बाहिर जानुभन्दा पहिले चिसो कपासको सहायताबाट ढाड तथा शरीरका अरू भागमा पेन केक प्रयोग गर्नुपर्छ । पेन केक हल्का तथा सबै ठाउँमा बराबर मात्रामा प्रयोग गर्नुपर्छ । 

शरीरको खुल्ला भागमा कुनै पनि खालको दाग छ भने पेन केक प्रयोग गर्नुभन्दा पहिले दाग भएको ठाउँमा इरेज स्टिकको एक लेयर प्रयोग गरी हल्का पाउडर लगाउने । यसो गर्दा दाग छोपिनुका साथै छाला कोमल हुन्छ । 

व्यायाम

  • ध्यानपूर्वक उभिने । सास भित्र तान्ने र विस्तारै दुवै हात टाउको माथि लाने । दुवै हात समात्ने । शरीरलाई सीधा राख्ने । कुमलाई आकाशतिर तान्ने र खुट्टालाई भुइँतिर । सास फाल्ने र दुवै कुमलाई तल ल्याउने । यो अभ्यास दैनिक १० मिनेट गर्ने । यसले मेरुदण्डलाई बलियो बनाउँछ । 
  • पछाडिको भाग सफा गर्ने उपाय 
  • छालालाई राम्रो बनाउन जति समय दिइन्छ सोहीअनुरूप पछाडिको भागका लागि पनि समय निकाल्ने ।
  • साबुन पानीले हल्का मसाज गर्ने र त्यसलाई सफा पानीले पखाल्ने । 
  • यदि चिल्लो अथवा दाग छ भने एन्टी ब्याक्टेरियल साबुनका साथमा खस्रो कपडाले रगड्न सकिन्छ । 
  • पछाडिको भाग सफा गर्न व्याक ब्रस हुनुपर्छ किनभने हातले पछाडिको हरेक भाग सफा गर्न सकिँदैन । 
  • यदि पछाडिको भाग सुख्खा छ भने त्यसमा मोस्चराइजर प्रयोग गर्न सकिन्छ । 
  • नुहाएपछि बडी लोसन प्रयोग गर्ने । 
  • घाममा निस्कनुभन्दा पहिले सन्सक्रिम प्रयोग गर्ने । 
  • ढाडमा प्रयोग गर्न सकिने प्याक 
  • नुन, चिनी तथा पाउडर दूधलाई मिसाउने । त्यसपछि यसलाई पछाडिको भागमा लगाई ५ मिनेटजति राख्ने र सफा गर्ने ।
  • सुन्तलाको सादा जुसको प्रयोगले पछाडिको भागको रंग सुन्दर बनाउँछ ।
  • पछाडिको भागको मसाज गर्न भिटामिन ईयुक्त तेल प्रयोग गर्न सकिन्छ । 
  • ६ चम्चा जैतुनको तेल, ६ चम्चा गहुँको पिठो, ६ चम्चा नुहाउने साबुनको पाउडर तथा १ चम्चा नुनलाई एउटा भाँडोमा मिसाउने । नुहाउने बेलामा यसलाई कपासको सहायताले घाँटी तथा पछाडिको भागमा घुमाई–घुमाई मसाज गर्ने र पखाल्ने ।

 Image