अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला वर्ल्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित
अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठ वल्र्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएकी छन् ।

सुन्दरता मानव रुचिको विषय हो। हरेक मानिस आकर्षक देखिन चाहन्छन्। मानव इतिहास हेर्ने हो भने सुन्दरताकै कारण थुप्रै युद्ध भएका छन् भने सौन्दर्यको प्रशंसामा अनेकौं काव्यकृति रचिएका छन्। हिजो सुन्दरताले आकर्षणको मात्र काम गथ्र्यो भने आज यसले करियर उचाइमा पुर्याउन मद्दत गरेको पाइन्छ। 'सुन्दर महिलाको आधा काम उसको सौन्दर्यबाटै फत्ते हुन्छ।' सुन्दरताका सम्बन्धमा मनोवैज्ञानिक सुमाया राई भन्छिन्-'सुन्दरताले देख्ने र हेर्नेलाई मात्र होइन जो सुन्दर छ उसलाई समेत मानसिक तन्दुरुस्ती प्रदान गर्छ। सदा ताजा महसुस हुने हुँदा उसमा काम गर्ने जोस, जाँगर वृद्धि हुनुका साथै मनोभावना दृढ रहन्छ।' वर्तमान समयमा काममा व्यस्त महिलाहरू आफूलाई हरक्षण तरोताजा, तन्दुरुस्त एवं आकर्षक राख्न चाहन्छन्। यसलाई सघाएका छन्-सुन्दर बनाउने सिर्जनात्मक हातहरूले। सुनमा सुगन्ध भैदिए कस्तो हुथ्यो होला, अनुमान गर्न सक्नुहुन्छ ? हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्ट स्यान्ड्रा पुनले आफ्नो घुमि्रएको केश पन्छाउँदै जवाफ फर्काइहालिन्-'हाम्रो कामले प्रमाणित गर्छ। सुन्दरलाई अझ सुन्दर बनाउनु हाम्रो काम हो। सुनमा सुगन्ध हुँदा कस्तो हुन्थ्यो होला भनेर अनुमान गरिरहनै पर्दैन, हाम्रो काम हेरे पुग्छ।'
अरूलाई सुन्दर बनाउनु सिर्जनात्मक कला हो। सुन्दर चीजलाई अझ सुन्दर बनाई सबैले चासो राख्ने खालको आकर्षण प्रदान गर्नु सौन्दर्य प्रसाधनको काम हो (अक्सफोर्ड डिक्सनरी)। पूर्ण बनावट, रंग, गुण तथा आकारको सम्मिश्रण, जसले विचार तथा हेराइमा चरम आनन्द प्रदान गर्छ भन्ने कुरालाई अक्सफोर्ड डिक्सनरीले सुन्दरताको परिभाषाका रूपमा उल्लेख गरेको छ। प्रसिद्ध हलिउड सुन्दरी मार्लिन मुनरोले सुन्दरताका सम्बन्धमा भनेकी छिन्-'पुरुषहरू सोच्छन् महिलाहरू पुस्तकजस्तै हुन्। पुस्तकको कभर आकर्षक छैन भने उनीहरू त्यसभित्र के छ भनेर पढ्ने चेष्टा गर्दैनन् तसर्थ नारीहरू सुन्दर र आकर्षक देखिन जरुरी छ।'
नेपाल तथा भारतका विभिन्न इन्स्टिच्युटलगायत दोहा-कतारको प्रख्यात सौन्दर्य एकेडेमी पेरिस नेलबाट सौन्दर्य शिक्षा (कस्मेटोलोजी) हासिल गरेर आएकी रिना प्रधान (परिमिता) भन्छिन्-जसरी संगीतमा एकेडेमिक शिक्षा र साधनाबिना आएकाहरू क्षणिक प्रसिद्धिपछि बिलाउँदै जान्छन् त्यसैगरी सौन्दर्य क्षेत्रमा पनि पढेर-बुझेर आएकाहरूले राम्रो रिजल्ट दिन सक्छन्।
नेपालमा करिब ५ हजार महिला सौन्दर्य पेसामा आबद्ध छन्। सुन्दरता वृद्धिमा लागेका यी हातहरू आफ्नो पेसालाई व्यावसायिक बनाउने होडमा छन्। त्यसो त एक दशकयता यो पेसा सम्मानित व्यवसायका रूपमा समेत झाँगिदो छ। नेपालमा सौन्दर्यकर्मीहरूको छाता संगठन सौन्दर्यकला व्यवसायी संघभित्र देशभरका सौन्दर्य व्यवसायीहरू एकत्रित भएर लागेका छन्।
करिश्मा मानन्धर, नायिका
सुन्दरता अरूका लागि मात्र नभै आफ्ना लागि पनि हो। आफूलाई सदा ताजा अर्थात् फ्रेस फिल गर्न यो आवश्यक पनि छ। यो मानिसको व्यक्तित्व एवं स्वास्थ्यसँग पनि जोडिएर आउँछ। सुन्दर हुन खोज्नु भनेको हाइजिन बस्न चाहनु पनि हो। यसले मानिसको व्यक्तित्वलाई समृद्ध बनाउँछ। यदि म राम्री भएर कुनै भीडमा पसेकी छु भने मलाई अगाडि जाने आत्मविश्वास बढेर आउँछ। नमिलेको पहिरन, बिगि्रएको केश अनि फोहोर अनुहार छ भने अरूका अगाडि पर्न असहज महसुस हुन्छ जसले हामी भित्र भएको कन्फिडेन्सलाई पनि गिराइदिन्छ। त्यसैले पनि सुन्दर हुनु आवश्यक छ।