Successfully Copied


प्रीति आत्रेय ज्ञवाली
फलित ज्योतिषाचार्य

मेष
पुरानो काममा सफलता मिल्नेछ । विशेषले कामले यात्रा हुनसक्छ । आफ्नै प्रभुत्वमा धेरैकाम सम्पन्न हुनेछन् । मनमा भएको तनाव र बोझ घट्नेछ । आत्मीयजनसित भेटघाट गर्ने अवसर मिल्नेछ । आर्थिक एवं सामाजिक दुवै क्षेत्र सुदृढ रहनेछन् । आफ्नो कार्यक्षेत्रबाट राम्रो सद्भाव मिल्नेछ । कसैकसैको सरुवा वा बढुवा हुनसक्छ । नयाँ रोजगारीको सम्भावना पनि छ ।

वृष
कुनै विशेष काममा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । लेनदेनको काम गर्दा सतर्क रहनुपर्ने बेला छ । प्रतिस्पर्धीबाट ठाढै रहनु उचित हुनेछ । टाउको एवं आँखा दुख्नेसमस्या आइलाग्नसक्छ । सकेसम्म झिनामसिना कुराबाट तर्किएकै राम्रो हुनेछ । घरपरिवारबाटमाया,सहयोग रसुख–सन्तोष प्राप्त हुनेछ ।
मिथुन
यात्रा गर्ने योग छ । व्यक्तिगत काममा सफलता मिल्नेछ । नयाँ काममा सहभागी हुन पाउँदासन्दोष मिल्नेछ । कुनै भोजभतेर, पार्टी आदिमा उपस्थित हुने मौका मिल्नसक्छ । विभिन्न कामको सिलसिलामा व्यस्त रहनुपर्ला । रक्तचाप, मुटु, कोलस्टेरोलका बिरामीले खानपान र रहनसहनमा ध्यान दिनुपर्ने बेला छ । कसैको लहैलहैमा नलागी आफ्नो प्राथमिकताको ख्याल आफैले गर्नुपर्ने हुन्छ । सहयोगी व्यक्तिको हात पछि हट्नसक्छ । बेलैमा आफ्नो काम सक्ने प्रयास गर्नुपर्नेछ । कुनै पनि कुरालाई बोझ नठानी शान्त र संयमका साथ काम गर्न सके आफैलाई सहज हुनेछ । आर्थिक लगानीका निमित्त समय खासै उपयुक्त देखिँदैन । राम्ररी विचार गरेर काम गर्नुपर्ने बेला छ ।
कर्कट
विभिन्न कुराले गर्दा मनमा अन्योल हुनसक्छ । कुनै कुराको निर्णय गर्दा राम्ररी विचार गर्नुपर्नेछ । सबै कुरा आफू अनुकूल नहुँदा कुतिपय कुरामा सम्झौता गर्नुपर्ला । सकारात्मक सोचका साथ काम गरिरहँदा सफलता मिल्नेसम्भावना छ । केही कुरा तपाईंकै काम र व्यवहारमा निर्भर रहनेछन् । विश्वास गरेका मानिसले नै धोका दिन सक्छन् । त्यसैले मन अशान्त रहनेछ । महिनाको अन्त्यतिर समय अनुकूल बन्दै जानेछ । परिस्थितिअनुसार काम गरी आत्मविश्वासका साथ अघि बढ्दा सफलता मिल्नेछ ।
सिंह
कुनै विशेष कुरामा सफल भइनेछ । अधूरा कामहरू क्रमशःपूरा हुँदैजानेछन् । कतै घुमघाम गर्ने मौका जुर्नसक्छ । शुभ काममा सहभागी हुने अवसर प्राप्त होला । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । आत्मीयजनसितको भेटघाटले मन रमाउनेछ । बोली एवं व्यवहारमा सजगता अपनाउनुपर्नेछ । कसैकसैको लहैलहैमा लाग्दा आफैंलाई बाधा हुनसक्छ । किनमेल गर्दा विचार गरे अनावश्यक खर्चबाट बच्न सकिन्छ ।
कन्या
कुनै विशेष काममा उपस्थित हुने मौका मिल्नसक्छ । हरेक क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । माइतीपक्षसित विशेष भेटघाट हुने अवसर जुट्नेछ । अधूरा कामले गति लिन थाल्नेछन् । कुनै नयाँ काम गर्ने अवसर प्राप्त हुनसक्छ । मनमा भएको द्विविधा हट्दै जानेछ । कसैकसैलाई वैवाहिक कार्यक्रममा सहभागी हुनुपर्नेछ । मनलाई खुसी र सन्तोष बनाउने प्रयास गरिनेछ । कुनै पनि काम गर्नुअघि राम्ररी विचार गर्नुपर्ने बेला छ ।
तुला
विशेष काममा तपाईंको जिम्मेवारी बढ्नेछ । परिवारबाट अपेक्षित सहयोग पाइनेछ । आकस्मिक रूपमा लाभ हुनेछ । मनपर्ने क्रियाकलापमा रम्ने अवसर मिल्नेछ । कुनै कुराले काममा बाधा पुर्‍याउन सक्छ । प्राथमिकताका कुरामा बढी ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि कुरा बझेर मात्र उत्तर दिँदा राम्रो हुन्छ । स्वास्थ्य र खानपानमा सजग हुनसके सम्भावित मौसमी स्वास्थ्य समस्याबाट बच्न सकिनेछ । झिना–मसिना कुरामा आँखा चिम्लिन सके मन बुझाउन सकिनेछ ।
वृश्चिक
कुनै विशेष काममा उपस्थित हुनुपर्ला । कुनै कुराले मन प्रसन्न रहनेछ । पारिवारिक सद्भावले काममा सहज हुनेछ । इच्छानुसारकामलाई पूर्णता दिने प्रयास हुनेछ । समयानुसार आफूलाई परिवर्तन गराई आर्थिक क्रियाकलापका काममा संलग्न रहनुपर्नेछ । कसैको कुरा राम्रोसँग बुझेर मात्र आफ्नो प्रतिक्रिया दिनु उचित हुनेछ । घरमा पाहुनाको आगमन हुनसक्छ । आत्मीय व्यक्तिसितको साथ र सहयोगले काममा ऊर्जा बढ्नेछ । एक–अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुखमय रहनेछ । कसैको घरमा नयाँ सदस्यको आगमन हुनसक्छ ।
धनु
कुनै कामविशेषले यात्रा गर्नुपर्ला । स्वास्थ्यको ख्याल गर्दै काम गर्नुपर्ने बेला छ । आफूलाई सहज हुनेतरिकाले प्रस्तुत हुनु उपयुक्त हुनेछ । महिनाको पूर्वार्द्धको समय त्यति अनुकूल नरहे पनि उत्तरार्द्ध केही अनुकूल बन्दै जानेछ । क्रमशःसमस्याहरू समाधान हुँदै जानेछन् । पारिवारिक सुख एवं सद्भाव बढ्नेछ । रोकिएको काममा सफलता प्राप्त हुनेछ । व्यक्तिगत काममा पनि समय दिन भ्याइनेछ । आफ्नो चाहनालाई पनि मध्यनजर गर्दै काम गर्न खोजिनेछ । कुनै कुराले मनमा सन्तोष प्राप्त हुनेछ ।
मकर
शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहनेछ । मानसिक तनाव घट्न जाँदा उत्साह र पराक्रम बढ्दै जानेछ । प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ । कुनै कारणवश रोकिएका काम पनि अघि बढ्न थाल्नेछन् । आफ्नो कार्यक्षेत्रमा प्रगति हुनेछ । व्यावसायिक क्षेत्रबाट राम्रो फाइदा पुग्नेछ । दाम्पत्य जीवनमा अपेक्षित समझदारी कायम रहनेछ । बेलाबेलामा स–साना कुराले अलमल्याउन खोजे पनि अन्त्यमा सफलता मिल्नेछ । त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्नेछ । झिना–मसिना कुराले अलमलाउन सक्ने छैनन् । कर्तव्यको पालना गरी धैर्यपूर्वक समाजसेवा गर्नुपर्नेछ ।
कुम्भ
घरपरिवारको खुसीलाई ध्यान दिएर काम गर्नुपर्नेछ ।सकेसम्म प्रतिस्पर्धीसित तर्किएरै बस्नु उचित हुन्छ । समयानुसार चलायमान हुनसके सहज हुनेछ । इष्टमित्र एवं आत्मीयजनसित भेटघाट हुनसक्छ । सन्तान सुखका निमित्त कुनैसम्झौता गर्नुपर्ला । मित्रहरूबाट सक्दो सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सामान्य रूपमा मतभेद भए पनि माया, विश्वास र समझदारी कायमै रहनेछ । सकेसम्म मौन एवं तटस्थ भएर बस्दा नै तपाईंको कल्याण हुनेछ । महिनाको पूर्वार्द्धको तुलनामा उत्तरार्द्ध अझै अनुकूल र सहज बन्नेछ ।
मीन
आत्मीयजनसित भेटघाट गर्ने मौका जुट्नेछ । विभिन्न माध्यमबाट काममा सहयोग पाइनेछ । नयाँ–नयाँ कुरा जान्ने–बुझ्ने मौका मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनसक्छ । काम गर्ने उत्साह र पराक्रम बढ्नेछ । विविध कुरामा मन रमाउन खोज्नेछ । बेलाबेलामा कुनै कुरा मनमा खट्किनसक्छ । शान्त र संयम रहँदै काम गर्नुपर्ने बेला छ । कुनै कुरामा चित्त नबुझे पनि तुरुन्त प्रतिक्रिया नदिएकै उचित हुनेछ । बोली र व्यवहारमा संयम रहनुपर्ने बेला छ । साना कुरालाई बेवास्ता गरी आँखा चिम्लिए उत्तम हुनेछ ।

 Image