तिहार र अष्टलक्ष्मी
धर्मप्रतिको विश्वास र अनेकौं धार्मिक अनुष्ठानको प्रचलन यहाँ सबैतिर देख्न पाइन्छ । समय–समयमा विकसित भएका वैज्ञानिक विकासका अवधारणामा पनि परम्परागत मूल्य र मान्यताको सौन्दर्य झल्किनु नै यहाँको सांस्कृतिक वैभवको प्रतीक हो ।

नेपाली साहित्य, कला र संस्कृतिमा योगदान पु¥याएका कारण संस्कृतिविद् तथा लेखक प्रा. डा. वीणा पौड्याललाई ‘कलिङ्ग अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको हो । भारतको भुवनेश्वर, ओडिसामा भएको १० औं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा पद्मविभूषण सीताकान्त महापात्रा र लेखक अमिश त्रिपाठीबाट उनले पुरस्कार ग्रहण गरेकी हुन् ।
वीणा पौड्यालको संस्कृतिसम्बन्धी विविध विषयमा डेढ दर्जन पुस्तक प्रकाशित छन् । ४० वर्षभन्दा बढी समय संस्कृति, पुरातत्व र इतिहास अध्यापन गराएकी छिन् । साथै झन्डै दुई दर्जन विद्यार्थीले उनकै ‘गाइडेन्स’मा विद्यावारिधी पनि गरिसकेका छन् ।