सिजलको यात्रा
आजबाट २२ सेप्टेम्बरसम्म इन्डोनेसिया र सिंगापुरमा संचालन हुने मिस टुरिजम वल्र्ड वाइड २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सिजल कुँवरले सहभागीता जनाउने भएकी छिन् । उक्त प्रतियोगीतामा कुँवरले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
नेपाली साहित्य, कला र संस्कृतिमा योगदान पु¥याएका कारण संस्कृतिविद् तथा लेखक प्रा. डा. वीणा पौड्याललाई ‘कलिङ्ग अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको हो । भारतको भुवनेश्वर, ओडिसामा भएको १० औं कलिङ साहित्य महोत्सवको उद्घाटन समारोहमा पद्मविभूषण सीताकान्त महापात्रा र लेखक अमिश त्रिपाठीबाट उनले पुरस्कार ग्रहण गरेकी हुन् ।
वीणा पौड्यालको संस्कृतिसम्बन्धी विविध विषयमा डेढ दर्जन पुस्तक प्रकाशित छन् । ४० वर्षभन्दा बढी समय संस्कृति, पुरातत्व र इतिहास अध्यापन गराएकी छिन् । साथै झन्डै दुई दर्जन विद्यार्थीले उनकै ‘गाइडेन्स’मा विद्यावारिधी पनि गरिसकेका छन् ।