Successfully Copied

मिसेस युनिभर्सल विजेता सुष्मा सुवेदी

आफूसँग इच्छाशक्ति हुनुप¥यो । त्यसलाई विवाहपछि पनि पूरा गर्न सकिन्छ । उमेरले केही फरक पार्दैन । परिवारको साथ र सहयोग पनि पाउन सकिन्छ ।


स्पार्कल इनटरटेर्मेन्टको आयोजना गरेको न्युलुक मिसेस युनिभर्सल सिजन दुईकी विजेता हुन्, सुष्मा सुवेदी । सानैदेखि मोडलिङमा रुचि भएकी उनले केही म्युजिक र विज्ञापनमा समेत काम गरिसकेकी छिन् । मोडलिङसँगै उनी भाटिका डेन्टल केयरकी सञ्चालक हुन् ।


मोडलिङमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
मलाई सानैदेखि नाच्न मनपथ्र्यो । गीत बजेको सुन्नेबित्तिकै नाच्न मन लागिहाल्थ्यो । मोडलिङमा रहर भए पनि मेरो परिवारको अनुमति थिएन । मभित्र भएको प्रतिभा लुकेको थियो । किनभने त्यतिबेला हाम्रो समाज नै त्यस्तै थियो । मोडलिङ नराम्रो हो, छोरी बिग्रन्छे भन्ने थियो । त्यसैले मेरा बुवा डराउनुभयो । मैले विवाह भएपछि मोडलिङ सुरु गरेकी हुँ ।


यो प्रतियोगितामा कसरी जोडिनुभयो ?
मिसेज युनिभर्सल सिजन दुईको आवेदन खुलेपछि मलाई मेरा साथीहरूले भाग लिऊँ भने । मलाई एकदमै इच्छा भएपनि मैले मेरो इच्छालाई दबाएर बसेकी थिएँ । साथीहरूले तिमीले जित्न सक्छ्यौ भनी हौसला बढाइदिए । श्रीमान् र सासूआमाले पनि क्राउन लगाएको हेर्ने मन छ भनेपछि यो प्रतियोगितामा भाग लिएकी हुँ ।


मिसेस युनिभर्सलको विजेता भएपछि आफूमा के–कति परिवर्तन पाउनुभयो ?
ममा धेरै परिवर्तन भएको छ । पहिले भन्दा बढी फिट भएकी छु । आत्मविश्वास बढेको छ । अझै राम्रो गर्न सक्छु भन्ने आँट बढेको छ । टाइटल जितेपछि थप जिम्मेवारी बढेको अनुभव भएको छ ।


विवाहित महिलाहरू जो तपाईं जस्तै बन्न चाहन्छन् । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?
आफूसँग इच्छाशक्ति हुनुप¥यो । त्यसलाई विवाहपछि पनि पूरा गर्न सकिन्छ । उमेरले केही फरक पार्दैन । परिवारको साथ र सहयोग पनि पाउन सकिन्छ । धेरैजसो दिदिबहिनी आफ्नो इच्छा मारी विवाहपछि बच्चा जन्माएर बसेका छन् । उहाँहरूलाई म सबैभन्दा पहिले आफैलाई बदल्न आग्रह गर्छु । त्यसपछि परिवार र समाज आफै बदलिन्छ । आफैले एक स्टेप बढाउनुहोस् । 

 Image