निशा शर्मा
कलाकार तथा कुलपति, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान
पाँच वर्षको कलिलो उमेरमै रंगमञ्च टेकेकी काठमाडौंकी निशा शर्मा हालै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कुलपति नियुक्त भएकी छन् । पाँच वर्षको कलिलो उमेरमै रंगमञ्च टेकेकी काठमाडौंकी निशा शर्मा हालै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कुलपति नियुक्त भएकी छन् । उनी १० वर्ष छँदै कलाकारिता क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय भएकी हुन् । नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘परिभाषा’मा अभिनय गरिसकेकी उनले दुई दर्जनजति टेलिचलचित्रमा समेत आफ्नो कलाकारिता देखाइसकेकी छन् ।
कुलपतिमा नियुक्तिपछि कस्तो महसुस भइरहेको छ ?
टाउकोमाथि ठूलो ढुंगा हालिदिएजस्तो गह्रौं जिम्मेवारी आएको महसुस भइरहेको छ । विश्वासलाई कसरी कायमै राख्ने भन्ने चुनौती अब अगाडि छ । हरेक कार्यको परिणाम आउन समय लाग्छ । म आउनेबित्तिकै चमत्कार नै हुन्छ भन्ने पक्षमा छैन, तर पहिलेभन्दा पृथक् र दु्रतरूपमा काम गर्दै जानेछु ।
आगामी योजना के–कस्ता छन् ?
हाम्रो पाठ्यक्रममै संगीत र थियटर शिक्षालाई राख्न पहल गर्ने सोचमा छु । यो क्षेत्रलाई शिक्षामा जोडेर लैजाने, अन्तर्राष्ट्रियकरण गर्ने, पढ्न जान्छु भन्ने भाइबहिनीलाई त्यो वातावरण बनाइदिने तथा उनीहरूलाई त्यस्तो अवसर जुटाइदिने योजना छ । साथै अन्तर्राष्ट्रिय रूपमा एक्सचेञ्ज कार्यक्रममा पनि केन्द्रित हुनेछु ।
तपार्इं आफ्ना योजनाहरूलाई कसरी कार्यान्वयन गर्नुहुन्छ ?
म पहिलेदेखि नै ‘आरोहण गुरुकुल’ मार्फत यही क्षेत्रमा भएकीले उतिबेलादेखि विदेशीहरूसँग परिचित छु । उनीहरूस“ग राम्रो सहकार्य र सम्बन्ध छ । पहिले त हाम्रो आफ्नै पहिचान स्थापित गर्नुप¥यो ।त्यसपछि यहाँबाट हाम्रा मौलिक नाटकहरू पठाउने, उताका संस्कृतिलाई यहाँ ल्याउने काम गर्न सकिन्छ ।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठान समावेशी भएन भन्ने गुनासो सुनिन्छ, यसबारे तपाईंको प्रतिक्रिया के छ ?
समावेशी छ । सातै प्रदेशबाट हरेक जात–जाति, समुदायबाट यहाँ पदाधिकारी भएर आएका छन् ।
नेपाली कला र सांगीतिक क्षेत्रलाई उचाइमा पु¥याउन के आवश्यक ठान्नुहुन्छ ?
एकेडेमीको काम भनेको लोप हुन लागेका कला, संस्कृतिको जगेर्ना गर्नु हो । यससम्बन्धी अनुसन्धान गर्ने, अभिलेख राख्ने मूल काम हो । नृत्य, संगीत एवं नाटक (रंगमञ्च) लाई माथि उठाउन यस विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञानको आवश्यकता छ । संस्कार र संस्कृतिमा निकै धनी हाम्रा यी विषय अन्तर्राष्ट्रियकरण हुनुपर्छ अनि मात्र हाम्रा कला, संस्कृति र रंगमञ्च धनी हुन्छन् ।
प्रतिष्ठानमा महिलालाई सहभागी गराउन तपाईंको योजना के छ ?
महिलाका लागि छुट्टै फेस्टिबल, नृत्य, गीत–संगीतसम्बन्धी तालिम, कार्यशाला गर्ने योजना छ । बढीभन्दा बढी महिलालाई यसतर्फ आकर्षित गर्न उनीहरूलाई प्राथमिकतामा राख्नेछु ।
नवप्रतिभालाई संगीत र नाट्य क्षेत्रमा प्रवेश गराउने तपाईंका रणनीतिहरू के–कस्ता छन् ?
सर्वप्रथम स्थानीयस्तरमा तालिम नै दिनुपर्छ । स्थानीय फेस्टिबल गर्ने, तालिम, गोष्ठी, कार्यशाला आयोजना गर्न सकियो भने उनीहरूलाई सहज हुन्छ, फराकिलो प्लेटफर्म मिल्छ । पढ्नका लागि छात्रवृत्तिको व्यवस्था गरिदिन सके अझ राम्रो हुन्छ ।
यो क्षेत्रमा परम्परागत वेशभूषा, संस्कृति र कलाकारिताको संरक्षण कसरी गर्नुहुन्छ ?
बाहिर के गर्छन् त्यसलाई रोक्ने काम हाम्रो होइन सरकारको काम हो । हाम्रो एकेडेमीको काम छुट्टै छ । लोककथा, लोकनाटक खोजेर संरक्षण र सम्बद्र्धन गर्ने, लोक संगीतका भाकाको अभिलेख राख्ने काम हामीले गर्ने हो । यसबारे शोध–अनुसन्धान गर्ने, पुस्तक प्रकाशन गर्ने हाम्रो काम हो ।
तपाईंको केही व्यक्तिगत अनुभव र भावना भए बताइदिनुस् न ।
म नाटकमा कसैको करबलले आएकी होइन । आफ्नै प्रयासमा यहाँ आइपुगेकी हुँ । पहिले नाटकलाई नौटंकी भनिन्थ्यो । हेयको दृष्टिले हेर्ने, हेपेर बोल्ने, हामीलाई मान्छे जस्तो व्यवहार नगर्ने परम्परा थियो । त्यस्ता चुनौती स्वीकार गर्दै यहाँसम्म आइपुगें । यो बुझ्नुपर्छ कि नाटकले समाजमा ठूलो रूपान्तरण ल्याउन सक्छ । यस विधामा दख्खल हुन आफूलाई हरेक दिन ‘अप टु डेट’ राख्नुपर्छ । हरेक विषयमा पारंगत हुनुपर्छ, डान्सदेखि ‘बडी ब्यालेन्स’, ‘आइ कन्ट्याक्ट’, ‘बडी ल्यांगवेज’ आदि । नाटकलाई सम्मानित बनाउन व्यक्तिगत जग्गा बेच्यौं, कयौं हन्डर–ठक्कर खायौं, सरकारसँग हात फैलायौं, नमीठो यात्राको अनुभव छ । सामाजिक परिवर्तनका लागि हामीले दिएको योगदानको कदर भएको थिएन । यो कुलपति पद पनि मैले यो क्षेत्रका लागि गरेको दुःखको कदर गरियो भन्दिन म । यो निरन्तरताको प्रतिफल र सन्देश मात्र हो । यसले थोरै आशा जागेको छ ।
पाठकका लागि केही सन्देश छन् कि ?
मलाई सरकारद्वारा यो सम्मानित पद मिल्यो, राज्यलाई धन्यवाद दिन्छु । तर मबाट चमत्कारको अपेक्षा नगर्नू । म चमत्कारी व्यक्ति होइन । मलाई समय लाग्छ । सबैको साथ एवं सहयोगको आशा छ । मैले सकेको काम इमान्दारिताका साथ गर्नेछु ।