Successfully Copied

इभेन्ट म्यानेजमेन्टमा अनिला

‘नेपालमा यो व्यवसाय फस्टाउँदै गएको छ । विगत एक दशकमा यो क्षेत्र निकै व्यावसायिक बन्दै गएको छ ।’



मिसेस युनिभर्स नेपाल २०१९ अनिला श्रेष्ठ इभेन्ट म्यानेजमेन्टमा व्यस्त छिन् । भर्खरै दुबईमा सम्पन्न स्टार युनिभर्स–२०२३ मा निर्णायकका रूपमा रहेकी उनले हालसम्म मिस इको इन्टरनेसनल, हेरिटेज प्याजेन्ट, डिसएबिलिटी क्विन, द कलेज एम्बेसडर, लिटिल स्टार, च्याम्प चितवन, मिसेस टुरिजमलगायतका इभेन्ट सम्पन्न गरिसकेकी छिन् । अनिला ग्रिन आर्ट मिडियाामा म्यानेजर तथा निर्देशक छन् ।

 सन् २००५ देखि इभेन्ट म्यानेजमेन्ट तथा कोरियोग्राफीको क्षेत्रमा कार्यरत उनले सन् २००७ देखि सक्रिय रूपमा काम गर्न सुरु गरेकी हुन् । ‘नेपालमा यो व्यवसाय फस्टाउँदै गएको छ । विगत एक दशकमा यो क्षेत्र निकै व्यावसायिक बन्दै गएको छ ।’ अनिला भन्छिन्–‘यही क्षेत्रमार्फत अन्तर्राष्ट्रिय भूमिमानेपालको प्रतिनिधित्व बढ्दो छ । ग्लोबल मार्केटमा नेपाल चिनाउने काम पनि यही क्षेत्रले गरेको छ ।

 अब सरकारी तवरबाट पनि केही सहयोग हुनुपर्छ भन्ने लाग्छ ।’आगामी नोभेम्बरमा थाइल्यान्डमा हुन गइरहेको हेरिटेज प्याजेन्टका लागि व्यस्त अनिला उक्त प्लेटफर्ममा पृथक् तरिकाले हाम्रो नेपाली कला संस्कृति पस्किने योजनामा रहेको बताउँछिन् ।

 Image