ढाका बिषेसज्ञ लिम्बुलाई अभियान श्री सम्मान
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो ।
मिसेस युनिभर्स नेपाल २०१९ अनिला श्रेष्ठ इभेन्ट म्यानेजमेन्टमा व्यस्त छिन् । भर्खरै दुबईमा सम्पन्न स्टार युनिभर्स–२०२३ मा निर्णायकका रूपमा रहेकी उनले हालसम्म मिस इको इन्टरनेसनल, हेरिटेज प्याजेन्ट, डिसएबिलिटी क्विन, द कलेज एम्बेसडर, लिटिल स्टार, च्याम्प चितवन, मिसेस टुरिजमलगायतका इभेन्ट सम्पन्न गरिसकेकी छिन् । अनिला ग्रिन आर्ट मिडियाामा म्यानेजर तथा निर्देशक छन् ।
सन् २००५ देखि इभेन्ट म्यानेजमेन्ट तथा कोरियोग्राफीको क्षेत्रमा कार्यरत उनले सन् २००७ देखि सक्रिय रूपमा काम गर्न सुरु गरेकी हुन् । ‘नेपालमा यो व्यवसाय फस्टाउँदै गएको छ । विगत एक दशकमा यो क्षेत्र निकै व्यावसायिक बन्दै गएको छ ।’ अनिला भन्छिन्–‘यही क्षेत्रमार्फत अन्तर्राष्ट्रिय भूमिमानेपालको प्रतिनिधित्व बढ्दो छ । ग्लोबल मार्केटमा नेपाल चिनाउने काम पनि यही क्षेत्रले गरेको छ ।
अब सरकारी तवरबाट पनि केही सहयोग हुनुपर्छ भन्ने लाग्छ ।’आगामी नोभेम्बरमा थाइल्यान्डमा हुन गइरहेको हेरिटेज प्याजेन्टका लागि व्यस्त अनिला उक्त प्लेटफर्ममा पृथक् तरिकाले हाम्रो नेपाली कला संस्कृति पस्किने योजनामा रहेको बताउँछिन् ।