गोल मेसिन सावित्रा भण्डारी
सावित्रा भण्डारीले खेल यात्रा सुरु गरेको धेरै भएको छैन । यद्यपि छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छिन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी पाएकी छिन् । खेलमैदानमा भने उनको छुट्टै नाम छ–साम्बा ।
बुटवल— रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको ताज कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।
चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी चेली कल्पना प्रथम भएकी हुन् । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय हुन सफल भए ।
प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नृत्यबाट १० जना दोस्रो चरणका लागि छनौट भएका थिए ।