Successfully Copied

जस्मिनको जोश

हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

१३्र बर्षको उमेरमा ‘मीसन स्माइल नेपाल’ खोलेर समाजसेवामा लागेको बताउने २२ बर्षिया जस्मिन ओझा सामाजिक अभियन्ता हुन । महिला मुद्धामा मात्रै नभएर उखु किसान, भुटानी शरणार्थी प्रकरण, भ्रष्टाचार बिरुद्धको अभियान लगायतका जुलुस–धर्नामा माइतीघरको सडक चोकमा देखिने प्रद्र्धशनकारीहरु मध्ये उनी पनि एक हुन । ‘मेरो बुवा अमेरिका भएकाले मैले बच्चैदेखी पुरुषको माया पाइन, आमाको व्यावसायिक संर्घषलाई नजिकबाट देख्ने र बुझ्ने मौका पाएँ, त्यति मात्रै नभएर म हुर्किएको वरपर पनि महिलामाथि हुने विभेद र हिंसा उत्तिक्कै देखें त्यसले मलाई महिलाका पक्षमा वकातल गर्ने अठोड र हौसला मिल्यो ।’ जस्मिन भन्छिन्–‘यता तर्फ लाग्ने अर्को पनि कारण छ । १४ बर्षकी थिएँ, मलाई कम्प्युटर पढाउने शिक्षकले म माथि दुव्र्यवहार गरे । मैले आवाज उठाएँ । उतिबेला मलाई सबैले दुत्कारे । अहिल्यै यस्ती छे, भोली गएर कस्ती होली रु भने । म धेरै दिन स्कुल गइन । १० देखी १५ पटक त त्यसका बिरुद्ध निवेदन नै दिएँ । धेरै पछि मात्रै मेरो प्रिन्सिपलले कम्प्युटर शिक्षकबिरुद्ध एक्सन लिनुभयो । त्यसपछि बोले मात्रै न्याय पाइदो रहेछ भन्ने लाग्यो ।’

त्यसपछि मात्रै आफुले पितृसत्ता के हो भनेर बुझेको बताउने जस्मिनलाई हाम्रो आवाज सडकबाटै उठ्नुपर्छ भन्ने तब लाग्यो जब उनी बि सं २०७० सालको निर्मला हत्या काण्डमा पेटीकोट लागाएर सडकमा उत्रिइन । कतिवटा केसमा आफ्नाबारे नकारात्मक र भ्रामक सुचना बाहिर आएको बारे उनले भनिन–‘त्यतिबेला म एउटा मुद्धामा कञ्चनपुरमा थिएं । केटीपक्षबाट फोन आयो । त्यो केसमा मलाई नै खोज्दै आइएको हो । उक्त मुद्धाका लागी मैले व्यक्तगत खर्च गरेर, २ महिना कलेज छोडेर पोखरा देखी दमौली पुगेकी छु । तर अन्तिममा मलाइ नै उल्टो बनाइयो । यो केश मात्रै होइन अन्य कयौं मुद्धामा मलाई बाटोमा ढुङगा प्रहार भएका छन, नचिनेका बाइकवालाले बोकेर अस्पताल पुर्याएका छन । बिनु यादवकै केशमा पनि ठुलो पैसाको अफर आएको थियो, मैले नमान्दा रामेछापबाट मेरो सबै भोट काटियो र म स्ववियु स्थाइ कमिटीको चुनाव हारें ।’ हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी उनी आफुले लिएको मुद्धाको दौरानमा जस्तै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन । मुलुकभर युवा, महिला र बालबालिकाका लागी आयोजना हुने बिभिन्न तालिममा प्रशिक्षकको भुमिका निर्वाहा गर्ने उनी थुप्रै कलेजहरुमा ‘गेष्ट लेक्चरिङ’ मा समेत सक्रिय छिन । कानुनकी विद्यार्थी जस्मिन हरेकको हातमा माइक तथा गलामा आवाज हुनुपर्ने र त्यसलाई मुखरित गर्न सके मात्रै न्याय पाइनेमा विश्वास गर्छिन । दुख, पिडा र हिंसामा परेकालाई सहयोग गर्दा आफुलाई आत्मसन्तुष्टी मिल्ने पनि उनले प्रष्ट्याइन । उनले भनिन–‘देशमा यत्ति धेरै अधिकारकर्मी र सम्बन्धित राष्ट्रिय–अन्तराष्ट्रिय निकाय छन, मलाइ पनि त्यहाँ किन खोजिन्छ भने म विनाशर्त सेवा गर्छु मकहाँ आएर घाटा ब्यहोर्न पर्ने भए किन आउँथे र रु कुनै बिषयमा आन्दोलन शुरु गरेपछि जस्तोसुकै आँधीहुरी–हुण्डरी आएपनि टुङगोमा पुर्याएरै छाड्छु ।’


परिवर्तनका लागी आफुले मरिमेटेर काम गर्दा पनि यही उमेरमै आफुमाथि विभिन्न लाञ्छना र आरोप आउने गरेको बताउँदै उनले भनिन–‘मेरो ठाउँमा यो उमेरका अरु कोही भएको भए उहिल्यै डिप्रेसनमा जान्थे या त आत्महत्या गर्थे अथवा यो काम उहिल्यै छोडिसक्थे । धेरैले यस्तो दुखको काम आफुलाई केही हुने होइन छोडिदेउ भन्ने गर्छन । तर मलाई यही सडकको धुलो, घाम, पानी सहंदै सेवा गर्दा आनन्द आउँछ । यदि मैले गल्ती नै गरेको छैन, म दोषी नै छैन भने म किन भाग्ने रु मलाइ थाहा छ हरेक क्षेत्रमा ठुला मान्छेले पनि हामी साना र भर्खरै करियर बनाउन खोज्नेलाइ निक्कै अप्ठ्यारो पार्दा रहेछन । जसको भुक्तभोगी म पनि हुँ । अर्कातर्फ केश मीलाउने भए मिलाउ नभएर यो गर्छु, त्यो गर्छु भनेर धम्क्याउने, हिंसा गर्ने । यस्तो धेरै भोगियो । र पनि डराउदिन, अझै भोग्न तयार छु ।’ डाक्टर, वकिल, अभियन्ता र ठुलो मन भएकाहरुको स–साना सहयोग एकत्रित भएपछि मात्रै आफुहरु जस्ताले अभियान अगाडी बढाउन सम्भव हुने र पिडितले न्याय पाउने कुरा पनि उनले खुलाइन । महिलाले महिलाका भावना गहिरिएर बुझ्ने हुनाले अबको समयमा नारीले नारीलाई सहयोग गरेको खण्डमा जुनसुकै नारी सफल हुने धारण उनले व्यक्त गरिन । उनले भनिन–‘असल कर्म गर्नुपर्छ, देउताले हेर्छन । कसैप्रति आग्रह–पुर्वाग्रह राखेर या मनमा द्धेष पालेर आफ्नै खति हुने हो । निश्चल मन र फराकिलो हृदय बनाएर अरुलाई सहयोग गरे एकदिन सकारात्मक परिणाम आउँछ भन्नेमा मलाई विश्वास छ ।’ 

 Image