Successfully Copied

सामाजिक उद्यमशीलतामा सुजाता

आफ्नै देश र समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहने नेपाली युवाहरूका लागि उनी एउटा उदाहरणीय पात्र बनेकी छन् ।


पछिल्लो समय सुजाता कोइराला नेपालको हरित भविष्य र सामाजिक विकासमा सक्रिय छिन् ।

सेन्टर फर रिसर्च एण्ड सस्टेनेबल डेभलपमेन्ट (क्रियसन) नेपालकी महासचिव समेत रहेकी उनले वातावरण, विपद् व्यवस्थापन र युवा, महिला तथा बालबालिकाहरूप्रति लक्षित विभिन्न कल्याणकारी परियोजनाहरूको नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहेकी छन् । दिगो वातावरणीय संरक्षण तथा प्रवद्र्धनमा उनको भूमिका प्रशंसनीय छ ।

यसका लागि उनले नेपालमै सबैभन्दा ठूलो पुनर्चक्रण उद्यमको स्थापना गरेकी छन् । वातावरण संरक्षण र सामाजिक उद्यमशीलता एकैसाथ अभ्यास गर्न सकिने प्रमाणका रूपमा उनले वातावरणीय दिगोपनमा योगदान दिँदै नाफामूलक व्यवसाय संचालन गर्न सकिने सन्देश पनि दिएकी छन् ।

यसैगरी स्वदेशमै रोजगारी र थप आम्दानीका स्रोतहरू सिर्जना गरी स्थानीय अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सकिने उनको प्रयासलाई धेरैले सकारात्मक भनेका छन् । आफ्नै देश र समुदायमा सकारात्मक परिवर्तन ल्याउन चाहने नेपाली युवाहरूका लागि उनी एउटा उदाहरणीय पात्र बनेकी छन् । क्रियसन नेपालले मुलुकको उज्ज्वल भविष्यका लागि दिगो वातावरणीय अभ्यास र उद्यमशीलता अँगाल्न युवाहरूलाई प्रेरित गर्दै आएको छ ।

 Image