जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

मिस वल्र्ड प्रतियोगिताको यो वर्षको संस्करणमा सहभागी नेपाली चेली अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।
मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छुक, पत्रकार तथा सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् ।
विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वल्र्डमा २०१९ मा सहभागी थिए । प्रतियोगीताको फाइनल राउण्ड यहि शसनबार अर्थात डिसेम्बर १४ मा हुँदै छ ।