सम्मानित आरती
सञ्चारकर्मी आरती लम्साल डा. भीमराव अम्बेडकर एवार्ड २०१९ बाट सम्मानित भएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री एवार्डबाट लम्साललाई सम्मान गरेको हो ।
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् । पछिल्लो समय उनी नेपालमा महिला तथा बालबालिका हिंसाविरुद्धको अभियानलाई देशैभरि फैलाएकी छन् । विभिन्न जिल्लामा ‘मेची महाकाली बुहारी संयुक्त आवाज’ समूह बनाएर सहयोग गर्दै आएकी छिन् । झापाबाट सुरु यो समूह ५० जिल्लामा संगठित छ । यसले घरेलु हिंसा, बलात्कारका दोषीलाई कानुनी कठघरामा ल्याई दबाब दिन्छ । साथै नेतृत्व विकास तथा समस्यामा परेकालाई आर्थिकलगायतका सहयोग समेत उनी गर्छिन् । कोभिडताका र बाढीपहिरोमा परेकालाई समेत सहयोग गर्न यमु अग्रसर हुन्छिन् । गीत संगीतमा पनि उनको रुचि छ । उनले पाँच वटा म्युजिक भिडियोमा गीत र संगीत भरिसकेकी छन् । उनका चार वटा गीतका म्युजिक भिडियो आउने तयारीमा छन् ।