कान्छीमायाको ह्याट्रिक
कहिले हार्न नजान्ने धाविका कान्छीमाया कोजूले १३ औं संस्करणको काठमाडौं म्याराथनमा ह्याट्रिक गरिन् । कोजू २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेकी हुन् । कोजूको यो लगातार तेस्रो उपाधि हो ।
रामेछापकी निर्मला भण्डारी घुमफिर भनेपछि हुरुक्कै हुन्छिन् । घुमफिरमा निकै रुचि राख्ने भण्डारी पावर लिफ्टिङ तथा भारोत्तोलनकी खेलाडी हुन् । सन् २०२० को ओलम्पिकको तयारीमा रहेकी भण्डारीले ४ वर्षकै उमेरमा दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी थिइन् । तर आफ्नो इच्छाशक्तिका कारण उनका सपनाहरूले समयक्रमसँगै उडान भर्न थाले ।
खेल तथा विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएकी भण्डारी यति बेला एक महिना लामो तराईका जिल्लाहरूको एकल यात्रामा निस्कने तयारीमा छिन् । नेपालका अधिकांश भूभागको भ्रमण गरिसकेकी भण्डारी सोलो वुमन यात्रा–२०१९ मा सहभागी हुँदै प्रतियागिताको टप सिक्सभित्र परेकी थिइन् ।
५ सय ५ जना महिलाले सहभागिता जनाएको उक्त प्रतियोगितामा उनी अन्तिम चरणसम्म पुगेकी थिइन् । भण्डारी यतिबेला कुण्ठित सोचाइले भरिएको नेपाली समाजमा सकारात्मक सन्देश प्रवाह गर्न एक्लै ३०/३५ दिनको स्कुटर यात्रामा निस्कने तयारीमा छिन् । भण्डारीको यात्रालाई नेपाली ट्राभलर्सले प्रायोजन गर्ने भएको छ ।