जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन

बेलायतमा सम्पन्न मिस इंग्ल्यान्ड शीर्षकको सौन्दर्य प्रतियोगितामा नेपाली मूलकी प्रतिष्ठा राउत सेकेन्ड रनरअप भइन् । २० हजार आवेदनबाट उनी फाइनलसम्म पुग्न सफल भएकी हुन् ।
टप–२० सम्मको यात्रा तय गर्ने आशा राखेकी प्रतिष्ठा भन्छिन्, ‘मेरा लागि यो अनपेक्षित थियो ।’ प्रत्येक वर्ष भाग लिइरहेका प्रतिस्पर्धीहरूका अगाडि उनी नयाँ थिइन् । उनी भन्छिन्, ‘सवैजना अनुभवी थिए । कुन राउन्डमा के गर्ने कसरी गर्ने भन्ने उनीहरूसँग अनुभव थियो ।’
टप–३ सम्म आइपुग्दा उनलाई एकदमै खुसी लागेको बताउँछिन् । उनले च्यारिटीका लागि सबैभन्दा धेरै पैसा संकलन गरेकी थिइन् । यसका लागि उनलाई च्यारिटी क्विनको उपाधि दिइएको थियो । त्यसका साथै उनले ‘ब्युटी अफ द प्रपोज’ को समेत उपाधि जितेकी थिइन् ।
२६ वर्षीया प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । उनी ५ वर्षको उमेरदेखि परिवारसँग बेलायतमा बस्दै आएकी छिन् । उनका बुवा बेलायती गोर्खा सैनिक हुन् । १६ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठा पेसाले आर्किटेक हुन् ।