Successfully Copied

टेनिसमा उपाधि विजेता प्रेरणा

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन (आइटिएफ) को विश्व वरियता जुनियर यु–१८ टेनिस प्रतियोगितामा नेपाली खेलाडीले पहिलोपटक उपाधि जित्न सफल भएका छन् । पोखरामा भएको खेलमा प्रेरणा कोइरालाले यु–१८ सर्किट दुईको प्रतिस्पर्धामा महिला एकलतर्फ उपाधि जित्न सफल भइन् । 

ग्रान्डस्लाम अंकका लागि संचालित टुर्नामेन्टमा यो जितसँगै प्रेरणाले ३० अंक समेत जोडेकी छन् । उक्त प्रतियोगितामा विभिन्न ११ देशका पुरुष ३२ र महिला ३२ गरी ६४ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

टेनिसको उच्च तहको प्रतिस्पर्धा ग्रान्डस्लाम अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र युएस ओपन गरी वर्षमा चारवटा हुन्छन् । ग्रान्डस्लाम खेल्न त्यति सहज छैन । टेनिस खेलाडीहरूको सपना हो ग्रान्डस्लाम खेल्ने । आइटिफ बरियतामा राम्रो अंक ल्याएमा जुनियर ग्रान्डस्लामका लागि छनौट हुन्छ जुनियरमा राम्रो भए सिनियर । 

११ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी प्रेरणाले पछिल्लो पटक नेपालमा हुने प्रतियोगिताहरूमा कुनैमा पनि हार व्यहोर्नु परेको छैन । 

१३ औं सस्करणको सागमा प्रेरणा लन टेनिसको एकल प्रतिस्पर्धामा सेमिफाइलसम्म पुगेर कांस्य पदक जितेकी थिइन् । 

 Image