प्रेरणादायी पुष्पा
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् ।
मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हु्न । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिराएकी थिईन् ।
फस्ट रनरअपको उपाधि आयरल्यान्डकी संगीता थापाले जितिन् । सेकेन्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले हात पारिन ।
आयोजक ड्रिम्स नेपालकी संस्थापक योगिता थापा र हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकणिर्कारबीच भएको सम्झौताअनुसार मिस नेपाल, युरोपको उपाधि विजेता खत्री नेपालमा आयोजना हुने मिस नेपालको फाइनल राउन्डमा सोझै प्रवेश पाउँनेछिन् ।
कार्यक्रममा युरोपका विभिन्न देशका प्रतिस्पर्धीले भाग लिएका थिए । गैरआवासीय नेपाली संघको महिला विभागसागको सहकार्यमा युरोपमा गरिएको अडिसनबाट फिनल्यान्डकी निरुषा खत्री, फ्रान्सबाट अस्मिता ढकाल, श्रेया भण्डारी, सुष्मिता न्यौपाने, नर्वेबाट श्रद्धा थापा, अस्ट्रेलियाबाट स्नेहा मल्ल, सुशीला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, बेल्जियमबाट ज्योति भट्ट, लुना श्रेष्ठ, सविना नेपाली, स्वीजरल्याण्डबाट रोजमेरी भाटिया, आयरल्यान्डबाट संगीता थापा छानिएका थिए ।