प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)
नेपाल प्रहरीकी डिएसपी वसुन्धरा खड्का संयुक्त राष्ट्रसंघको उच्च पदमा मनोनीत भएकी छिन् । खड्का इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्री थ्री तहको पदमा छनोट भएकी हुन् । उनलाई उक्त पदका लागि विश्वभरका प्रहरीबाट प्रतिस्पर्धात्मक रूपमा छनोट गरिएको हो ।
राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता तथा अन्तर्वार्ताका आधारमा उनी उक्त पदमा छनोट भएकी हुन् । मनोनयनपछि अब उनले इटालीमा ट्रान्जिसनल क्राइम अफिसरका रूपमा काम गर्नेछिन् ।
डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान् प्रहरी अधिकृतका रूपमा परिचित छिन् । खड्काले स्थानीय, प्रदेश तथा संघीय संसद्को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।