Successfully Copied

ह्विलचेयरमै उदाएकी गायत्री

पिङबाट खसी मेरुदण्डमा गहिरो चोट लागेर स्पाइनल कर्ड इन्जुरी भएपछि संघर्षशील जीवन बिताउन बाध्य गायत्री कत्ति पनि विचलित नभै आफ्नो काममा लागिरहेकी छिन् । काठमाडौंको पूर्वी गाउँ सुन्दरीजलमा २०२६ सालमा जन्मिएकी गायत्री अपाङ्गहरूले इमान्दारीपूर्वक संघर्ष गरे प्रगति गर्नसक्ने बताउँछिन् ।

तेर्‍ह वर्षको उमेरदेखि ह्विलचेयरलाई आफ्नो साथी बनाएकी ४८ वर्षीया गायत्री दाहाल अहिले नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष हुन् । पिङबाट खसी मेरुदण्डमा गहिरो चोट लागेर स्पाइनल कर्ड इन्जुरी भएपछि संघर्षशील जीवन बिताउन बाध्य गायत्री कत्ति पनि विचलित नभै आफ्नो काममा लागिरहेकी छिन् । काठमाडौंको पूर्वी गाउँ सुन्दरीजलमा २०२६ सालमा जन्मिएकी गायत्री अपाङ्गहरूले इमान्दारीपूर्वक संघर्ष गरे प्रगति गर्नसक्ने बताउँछिन् ।

समाज तथा आफन्तजनको अपहेलना एवं तिरस्कारलाई जीवन संघर्षको प्रेरक तत्व मानेर अघि बढिरहेकी गायत्री ‘नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ’ मार्फत समाजसेवामा सक्रिय छिन् । वि.सं. २०६६ सालमा आफ्नोसहित पहलमा खुलेको संस्थामा उनी २०७२ सालमा अध्यक्ष निर्वाचित भइन् । उनले धेरै अपाङ्गलाई ह्विलचेयरलगायत अन्य कृत्रिम सामग्रीका साथै औषधोपचारमा सहयोग पुर्‍याइरहेकी छिन् । गायत्रीले अपाङ्गहरूलाई विभिन्न खेलमा पनि संलग्न गराउँदै आएकी छिन् ।

 Image