तीजमा व्यस्त सुनिता
मेरा प्रायः तीज गीत सबै महिलामा समर्पित छन् । सोचमा परिवर्तन ल्याउने खालका सन्देश बोकेका छन् । परिवर्तनका पक्षमा छन् । माया–प्रेम र सम्बन्धभन्दा पनि विकास र परिवर्तनका लागि मेरा गीतले भूमिका खेलेका छन् ।
सुरुमा कराँते खेलाडी कमला श्रेष्ठ भारोत्तोलनप्रति रुचि बढेपछि यसमै लागिन् । पहिले ५८ केजीको राष्ट्रिय खेलमा कीर्तिमान बनाएकी कमलाले लगातार रेकर्ड कायम गरिरहिन् ।
क्रमश: आफ्नै रेकर्ड तोड्दै गएकी कमलाले पछाडि फर्केर हेर्नुपरेको छैन । साउथ एसियन, एसियन, इन्डो एसियन भारोत्तोलनमा प्रतिस्पर्धा गरिसकेकी कमला जापानमा भएको एसियन गेममा ३ वटा राष्ट्रिय रेकर्ड तथा नेपालमा सम्पन्न एसियाली खेलमा ३ वटा राष्ट्रिय रेकर्ड राख्दै समूह विजेता भएकी थिइन् ।
उनले इन्डो एसियन गेममा समेत एउटा राष्ट्रिय रेकर्ड कायम गरिन् । अब उनी ओलम्पिकको तयारीमा जुटेकी छिन् । कमलाको एउटै लक्ष्य छ–भारोत्तोलन खेलमार्फत अन्तर्राष्ट्रिय जगत्मा देशको नाम राख्ने ।