सफ्टवेयर र एपहरू नेपाली भाषामै भए महिलाहरूलाई सहज हुन्छ : सुनैना घिमिरे पाण्डे
जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् ।
नेपाली सेनाको इतिहासमा प्रथम महिला गुल्मपति बनेकी छिन्–सृष्टि खड्का । पुल्चोककी ३० वर्षीया सृष्टि सेनाले महिलालाई मात्र समेटेर गठन गरेको गोरखकाली गुल्मकी गुल्मपति भएकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।
१७ माघ २०६१ मा अधिकृतका रूपमा नेपाली सेनामा प्रवेश गरेकी मेजर सृष्टिलाई १ साउनदेखि लागू हुने गरी महिला गुल्मको कमान्ड सुम्पिइएको हो । खड्काको पहिलो पोस्टिङ राजदल गणमा भएको थियो ।
झन्डै १३ वर्षे सैनिक सेवाका क्रममा उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदूरपश्चिम पृतना तथा सेवा दलमा काम शगरिसकेकी छिन् । सृष्टिसँग राष्ट्रसंघीय शान्ति मिसनका क्रममा सुडानमा काम गरेको अनुभव पनि छ ।