कान्छीमायाको ह्याट्रिक
कहिले हार्न नजान्ने धाविका कान्छीमाया कोजूले १३ औं संस्करणको काठमाडौं म्याराथनमा ह्याट्रिक गरिन् । कोजू २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेकी हुन् । कोजूको यो लगातार तेस्रो उपाधि हो ।
समाजसेवी तथा अग्रणी महिला राधिका गुरुङ (टीका) लाई हङकङ सरकारले समाजसेवामा उत्कृष्ट योगदान पुर्याएको भन्दै ‘चिफ एक्जिक्युटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डले सम्मानित गर्ने भएको छ । हङकङ बेलायतबाट स्वतन्त्र भएको खुसीयालीमा प्रत्येक वर्ष वितरण गरिने उक्त अवार्ड अघिल्लो वर्ष हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङलाई प्रदान गरिएको थियो । अक्टोबर १ मा राष्ट्रिय दिवसको अवसर पारेर हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले उक्त सम्मान हस्तान्तरण गर्नेछिन् ।
कास्की पोखराकी राधिका २० वर्षअघि हङकङ पुगेकी हुन् । निरन्तर सामाजिक सेवा तथा नेपाली समुदायको स्तरोन्नतिका लागि समर्पित गुरुङ नेपाली महिला संघ हङकङ, गैर आवासीय नेपाली संघ, म्याग्दी नेपाली प्रवासी संघ (मोना), हङकङ नेपाली व्यापार संघ, सहारा क्लब हङकङ, मिस हङकङ सोसाइटी, तमु ट्यो ह्युल, नमोबुद्ध आमा समूह, हेभेन्ली निर्वाणापाथ हङकङ, हिन्दू मन्दिर हङकङ जस्ता संघसंस्थामा आबद्ध छिन् । टीका भन्छिन्–‘प्रवासमा बसेर आफ्नो देश तथा समुदायका लागि काम गर्न पाउँदा गौरव महसुस हुन्छ जुन आफ्नो देशप्रतिको सम्मान पनि हो ।’