Successfully Copied

परिश्रमको मुल्य पाउनै पर्छ

अमेरिकाको न्युयोर्क स्थित घरेलु कामदारको पारिश्रमिकका क्षेत्रमा कार्यरत नर्वदा क्षेत्री मानवअधिकारका लागी कार्ययरत, अधिकार नामक संस्थाको डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एड्भोकेसी पदमा रहेर काम गरिरहेकी छिन् ।

अमेरिकाको न्युयोर्क स्थित घरेलु कामदारको पारिश्रमिकका क्षेत्रमा कार्यरत नर्वदा क्षेत्री मानवअधिकारका लागी कार्ययरत, अधिकार नामक संस्थाको डाइरेक्टर अफ अर्गनाइजिङ एण्ड एड्भोकेसी पदमा रहेर काम गरिरहेकी छिन् । उनले वकालत गरेका घरेलु कामदारको हक, हित र अधिकारका बिषयमा सन् २०१० मा कानुन नै स्थापित भयो ।  नेल सलुनमा काम गर्ने कामदारहरुको हक–अधिकारका लागी लडेर उनलेसन् २०१५ मा सोही सम्बन्धी कानुन ल्याउन सफल भइन् । राष्ट्रिय कामदारहरुको संस्था ( नेशनल डोमेस्टिक वर्करस एलायन्स ) बाट स्ट्रटेजि अर्गनाइजिङ लिडरसीप कोर्ष पुरा गरेकी नर्वदाले सन् २०१२ तथा १३ मा कर्नेल विश्वविद्यालयबाट युनियन लिडरसीप कोर्ष समेत पुरा गरिन् । सन् २०१४ मा कोरो इमिगेरेशन लिडरसीप फेलोसीप प्राप्त गरेकीप् उनलाइ उक्त कोर्षले अधिकारका मुद्धामा अझ फराकिलो अवधारणा बनाउन मद्धत पुऱ्यायो ।

सन् २००६ मा संयुक्त राज्य अमेरिका पुगेकी नर्वदा नेपाल छंदा मानवअधिकार का बिषयमा काम गर्ने संस्था हिमराइट्स ( हिमालयन ह्युमन राईट्स मोनिटर ) मा ९ बर्ष काम गरिन् । उहीबेला देखी नै सामाजिक तथा अधिकार मा काम गर्न रुचाउने उनी सन् १९९८ देखी २००० सम्म हेटौंडा लेडी जेसिसको अध्यक्ष्य भइसकेकी थिइन् । आंट र दृढता भए नकारात्मक जीवनलाई समेत शसक्त ढंगले परिवर्तन गर्न सकिन्छ, जसले दिर्घकालिन सामाजिक परिवर्तन ल्याउन सहयोगी भुमिका खेल्छ । –फरक नेतृत्व रुचाउने नर्वदा भन्छिन्– म एक छोरीकी एकल आमा भएकोमा गर्व गर्छु । यो शाहस म भित्र यत्तिक्कै आएको होइन् , जीवनका कयौं भोगाइ, मेहनत, संघर्ष र अथक प्रयासको परिणाम हो ।

 Image