कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले आयोजना 'निर्भीक नारी'को दोस्रो सत्र 'युवा दृष्टिकोण'मा आफ्ना कुरा राख्दै उनले जलवायु परिवर्तनका बारेमा धेरै नीति तथा सन्धि बने पनि यसमा गम्भीर भएर नसोचिएको जनाएकी छिन् ।उनले भनिन्, 'जलवायु परिवर्तनले असर गर्छ भनिन्छ तर अवस्था अहिले भयावह बनिसकेको छ ।थोरै पनि तापक्रम बढ्दा यसले ठूलो असर गर्छ ।’
उनले देशले युवाहरुमा लगानी नै गर्न नसकेको बताइन् । ‘कुनै पनि क्षेत्रमा युवाहरूका लागि सरकारले के गरिरहेको छ? स्टेबल लिडरसिपको आवश्यकता छ । बलियो नेतृत्वको आवश्यकता छ । युवाहरुको शक्तिलाई पहिचान गरेर अघि बढ्नुपर्छ । समस्याको कुरा मात्र गर्ने तर समाधानको कुरा भने भइरहेको देखिँदैन,’ उनले भनिन् ।
मिस नेपाल युरोप २०२० को ताज फिनल्यान्ड निवासी निरुषा खत्रीले जितेकी छन् । बेल्जियमको लुभेन सहरमा आयोजित कार्यक्रममा युरोपका विभिन्न देशका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै खत्रीले उपाधि जितेकी हु्न । उनलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिराएकी थिईन् ।