Successfully Copied

कुप्रथा बिरुद्धकी नायिका–निलाजा

भर्खरै हाईस्कुल सिध्याएर बसेका युवतीहरु के गर्छन् ? यस्ता टिनएजरहरु कि ब्रिजकोर्ष, कि त बिभिन्न रुचीका बिषयमा तालिम या कुन कलेज खोज्ने भन्ने ध्याउन्नमा लागिरहन्छन् ।

भर्खरै हाईस्कुल सिध्याएर बसेका युवतीहरु के गर्छन् ? यस्ता टिनएजरहरु कि ब्रिजकोर्ष, कि त बिभिन्न रुचीका बिषयमा तालिम या कुन कलेज खोज्ने भन्ने ध्याउन्नमा लागिरहन्छन् । तर निलाजा अधिकारी सम्भवत यो उमेरका युवतीहरु मध्ये कमैमा पर्छिन जसले यो उमेरमै महिलाका कुप्रथा बिरुद्ध समाज परिवर्तनमा साहास जुटाएकी छिन् । नेपालको सुदुरपश्चिमा अझैंसम्म ज्युंकात्युं छाउपडी प्रथाबिरुद्ध कलम चलाएकी निलाजाले लेखिनन् मात्रै उक्त स्क्रिप्टलाई निर्देशन गरी आफैं मुख्य रोलमा उत्रिएर शसक्त नाटक तयार पारिन् । छाउपडीद्धारा शारिरीक तथा मानसिक समस्या भोगिरहेकी सपना को भुमिका निभाएकी निलाजाको अभिनय त शसक्त थियो नै उनको निर्देशन र लेखनको पनि धेरैले तारिफ गरे । नाटक हेर्नेहरु मध्ये कमैको आंखामा मात्रै आंशु देखिदैन्थ्यो ।

हामी जस्ता किशोरकिशोरीहरु यस्ता कुप्रथा बिरुद्ध नलाग्ने हो भने यो कहिल्यै निमिट्यान्न हुदैन् । हाम्रो धर्म–संस्कार र संस्कृतिले कतिपय अवश्थामा महिलामाथि बिभेद गरेको तथ्य मनन गर्दै उनले भनिन्– पाप र धर्म छुट्टयाउने भगवान छन्, जो संग भिन्ने किसिमको शक्ति छ । हामी मानव आफैंले बनाएका कतिपय संस्कार–संस्कृतिले धर्म होइन नमर्दै नर्क पुऱ्याउंछन् तसर्थ अब हामी सचेत, सजग र जागरुक हुने बेला आएको छ ।

 Image