Successfully Copied

बिदेशी भुमिमा नेपाली कर्म

भर्खरै बिभिन्न मुलुकमा पर्यटन सद्भावना दुत बनाउने क्रममा नेपाल पर्यटन बोर्डले ईजरायलका लागी भगवती बस्नेतलाइ पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त गरेको छ ।

भर्खरै बिभिन्न मुलुकमा पर्यटन सद्भावना दुत बनाउने क्रममा नेपाल पर्यटन बोर्डले ईजरायलका लागि  भगवती बस्नेतलाइ पर्यटन तथा सांस्कृतिक सद्भावना दुत नियुक्त गरेको छ । बिगतमा नेपालका बिभिन्न बिद्यालयमा शिक्षण पेशामा आबद्ध बस्नेत थुपैं संघसंस्थामा आबद्ध रही सामाजिक कार्यमा समेत सक्रिय छिन् । बिशेषत नेपाली कला र साहित्यिकका क्षेत्रमा कलम चलाउने उनका रहर भो जिन्दगी ( गजल संग्रह ), प्रेम दह ( मुक्तक संग्रह ), मर्दको माया ( कथा संग्रह), मृत सागरमा म ( कविता संग्रह ) लगायतका एकल कृति प्रकाशित भइसकेका छन् भने उनको संयोजन तथा सम्पादनमा पनि थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वको सर्वाधिक होचो स्थान मृतसागर रहेको भुमध्यसागरको किनारमा अवस्थित ईजरायलसंग नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइराला र इजारायलका प्रथम प्रधानमन्त्री डेभिड बेनगुरियनको साहासपूर्ण फलस्वरुप १ जुलाइ १९६० मा इजरायल र नेपालबिच कुटनितीक सम्बन्ध भएयता नेपालीहरु त्यहां पुग्ने गरेका छन् । ईजरायलमा बिगत ११ बर्ष देखी । ईजरायलमा रहेर नेपाली भाषा, साहित्य, कलामा समर्पित रहंदै आएकी भगवतीले त्रि.बि. बाट पर्यटन बिकाशमा स्नातक गरेकी छिन् ।

गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ( आइसीसी ) इजरायल को संरक्षक तथा एनआरएनए महिला बैदेशिक रोजगार तथा प्रवासी श्रमिक कल्याण इजरायलकी सहअध्यक्ष्य बस्नेत अन्तराष्ट्रिय नेपाली कलाकार समाजको उपाध्यक्ष्य, विश्व अन्तराष्ट्रिय नेपाली साहित्य समाजकी सदस्य तथा अन्तराष्ट्रिय नेपाली समाहित्य समाज इजरायल शाखाकी अध्यक्ष्य पनि हुन् । 

मैले नेपालको पर्यटन प्रबद्र्धनका लागी नेपाली कला, संस्कृति, साहित्य र सामाजिक कार्य मार्फत बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर यसको विस्तार र प्रबद्र्धन गर्ने गरेकी छु, भगवतीले भनिन–लामो समयदेखी नेपाली मला साहित्य क्षेत्रमा लागेर बिबिध बिधाका एकल कृतिहरु र आफ्नै  मौलिक परम्पराको जर्गेनाका निमित्त तिजका गीतहरु तथा बिभिन्न देशबिदेशमा छरिएर रहेका नेपालीहरुलाइ एकत्रित गर्ने बिबिधखाले गीत, गजल, कविता प्रतियोगिता समेत गर्ने गरेकी छु ।

 Image